तिलक थापा बागलुङ
रक्तिम साँस्कृतिक परिवार काठेखाेला ४ तंग्राम बागलुङकाे प्रशिक्षण भेला २०७८ माध ०१ गते सम्पन्न भएकाे छ । कार्यक्रमकाे प्रमुख अतिथि रक्तिम साँस्कृतिक अभियानका केन्द्रीय सचिव हेमराज आश्रमले प्रशिक्षणकाे क्रममा कलाकारहरु सचेत र संगठित नभईकन समाजकाे सांस्कृतिक बिकृति र बिसङ्गतिकाे अन्त्य गर्न नसकिने बताउँदै देशकाे तानाशाही भ्रष्टाचारी सरकारलाई कला र सङ्गितको माध्यमले सजिलै अन्त्य गर्न सकिने भएकाेले सबै कलाप्रेमीले जनवादी गीत सङ्गित मार्फत अा-अाफ्नाे ठाउँबाट गरिव दुखीको गीत गाउनु पर्दछ र सक्रिय हुनु पर्ने बताउनु भयाे ।
कार्यक्रममा अखिल नेपाल बुद्विजिवि संघका केन्द्रीय सदस्य कमला थापा, जातीय समता समाज बागलुङका सचिव टीका सँगम बि.क., अखिल नेपाल शिक्षक संघ काठेखाेलाका अध्यक्ष धन प्रसाद पुन ,अखिल छैठाैं धारा मा.बि.का सचिव ज्योति पुनले लगायतले प्रशिक्षण तथा शुभकामना मन्तव्य दिनु भएकाे थियाे ।
भेलाले जेनिसा पुनकोकाे अध्यक्षतामा ३३ सदस्यीय रक्तिम साँस्कृतिक परिवार वडा समिति तंग्राम चयन गरेकाे छ । जसकाे उपाध्यक्ष इच्छा थापा, सचिव कविशन थापा, सहसचिव रञ्जु पुन, काेषाध्यक्ष संगिता वि.क, सचिवालय सदस्यमा ज्योति पुन, निर्मला थापा, दिपेश वि.क, सुसन कँडेल, यमुना थापा, वर्षा पुन, सदस्यहरुमा मेनुका थापा, अनुशा पुन, दिपिशा पुन, रश्मी पुन, विनिता पुन, तिलक थापा, दिपा थापा , दिपिशा थापा (क), दिपिशा थापा(ख), अनिल बि.क, टीका थापा,नरमाया थापा, थापा, अपसरा थापा, सुजा थापा, माया किसान, नमुना किसान सुमन वि.क ,प्रभा वि.क, चन्दकला वि.क, चित्रकला पुन कविता थापा, इच्चा वि.क रहनु भएकाे छ ।
कार्यक्रम रक्तिम साँस्कृतिक परिवार तंग्रामका अध्यक्ष जेनिशा थापाकाे अध्यक्षता, संगिता वि.क.काे सञ्चालन र निर्मला थापाकाे स्वागत मन्तव्यमा सम्पन्न भएकाे थियाे ।