शुक्रबार बालुवाटारमा बसेको सत्तारूढ राजनीतिक समन्वय समिति बैठकमा स्थानीय तहको चुनावबारे छलफल भएको थियो।
छलफलपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आयोग र संविधानविद्हरूसँग परामर्श गर्ने निर्णय भएको बताए।
२०७४ सालमा तीन चरणमा स्थानीय तह निर्वाचन र्वैशाख, असार र असोजमा त्यसबेला निर्वाचन भएकोले कुन समयबाट जनप्रतिनिधिको ५ वर्षे कार्यकाल गणना गर्ने भन्नेबारे आयोग र संविधानविद्हरूसँग परामर्श गर्न लागिएको कार्कीले बताए।
एकै चरणमा स्थानीय, प्रदेश र संघको निर्वाचन गर्ने प्रस्ताव पनि शुक्रबारको बैठकमा आएको उनको भनाइ छ। सरकारले सबै पक्षसँग छलफल गरेर मात्रै निर्वाचन मिति तय गर्ने भएको छ।