कतिपयले चुनाव जित्ने रेकर्ड कायम गर्दछन् । तर कतिपय भने यस्ता हुन्छन् जसले जिवनमा ९४ पटकसम्म चुनाव हारेका छन् । ९४ पटकसम्म चुनाव हारेर किर्तिमान कायम गरेका यी व्यक्ति अझै रोकिनेवाला छैनन् र पुनः २ सिटमा एकसाथ चुनाव लड्दैछन् ।
छिमेकी मुलुक भारतको उत्तर प्रदेशका हसनुराम अम्बेडकरीले यो पटक उत्तर प्रदेशका दुईवटा विधानसभामा चुनाव लड्दैछन् । जिवनमा हालसम्म उनले जतिपटक चुनाव लडे सबैमा हार व्यहोरेका छन् । अहिलेसम्म उनले कुनैपनि चुनाव जितेका छैनन् । चुनाव हारको शतक पूरा गर्ने बाटोमा उनी छन् ।
आगराको खेरागढस्थित नगला दूल्हा गाउँका हसनुराम सन् १९८५ देखि चुनाव लड्न सुरु गरेका हुन् । तर उनलाई हालसम्म कुनैपनि राजनीतिक दलले टिकट पत्याएका छैनन् र व्यक्तिगत रुपमा स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव लड्दै आएका छन् ।
उत्तर प्रदेशको विधानसभा चुनावको पहिलो चरणका लागि शुक्रबारदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु गरेको छ । ७५ वर्षका हसनुराम शुक्रबार नै आगरा कलेक्ट्रेट कार्यालयमा उम्मेदवारी दर्ता फाराम लिन पुगेका थिए ।
सन् १९८५ मा हसनुराम एउटा पार्टी कार्यालयमा टिकट माग्न गए । तर उनीलाई हाँसोमा उडाइयो र एक भोटपनि नपाउने बताइयो । त्यस्तो उपहास हसनुरामको मनमा गड्यो र अबदेखि चुनाव लड्ने निधो गरे ।
यो पटकको विधानसभा चुनावमा हसनुराम दुई सिटबाट उम्मेदवारी दिएका छन् । आफ्नो जिवनमा कम्तिमा १ सयवटा चुनाव लड्ने उनको चाहना छ।
स्मरण रहोस् भारतको इतिहासमा जिवनमा सबैभन्दा धेरै चुनाव लड्ने व्यक्ति चाहीँ काका जोगिन्दर सिंह हुन् । बरेलीका बासिन्दा काकाले हालसम्म् ३ सय पटक चुनाव लडेका छन् र सबै चुनावमा हारेका छन् । उनले वडा पार्षद देखि देशको राष्ट्रपति सम्मको चुनाव लडेका