मानिसको मृत्यु जीवनमा एकै पल्ट हुन्छ तर कैयौँ मान्छेहरू जीवनमा कैयौँ पल्ट मर्दामर्दै बाँचेका हुन्छन् । त्यही कुरा मेरो जीवनमा पनि कैयौँ पल्ट भएको छ ।
—१—
म घोराही वा भालुबाङ कताबाट आउँदै थिए ? मलाई त्यो कुराको सम्झना छैन ।
प्युठानको देविस्थान पुग्नुभन्दा पहिले एउटा ठाडो खोला आउँछ र त्यो खोला माडीमा मिसिन्छ । त्यो बेला बर्खाको समय थियो । माडी उर्लिरहेको थियो । माडीमा मिसिने ठाडो खोला धमिलो थियो तर त्यति ठुलो थिएन । म सधैँ त्यो खोला तरेर वारपार गर्ने गर्दथेँ । त्यसकारण त्यो बेला पनि त्यो खोलालाई ठुलो नदेखेर आफ्ना कपडा छोडाएर झोलामा हाले र खोलो तर्न थालेँ ।
म खोलामा केही अगाडि मात्र गएको थिएँ, पाल्तिरबाट एउटा मान्छेले ठुलो स्वरले कराएर भने : ‘खोलो तरेर नआऊ । खोलाले बगाउछ । केही माथि एउटा झोलुङ्गे पुल छ । त्यो पुलमा तरेर आऊ ।’
पहिले त मैले त्यो मान्छेले भनेको कुरा बुझिनँ र म खोलातिर नै बढे तर पछि उनले झन् ठुलो स्वरले चिच्याउँदै मलाई नआउन भने । त्यसपछि म फर्केर आएँ र करिब एक घण्टाजति माथिको झोलुङ्गे पुलबाट तरेर देविस्थानमा आएँ ।
देविस्थानमा आएपछि मलाई थाहा भयो : त्यो खोलो सानो जस्तो देखिए पनि धेरै कडा थियो । एक दिन पहिले त्यो खोलो तर्न थालेको एउटा मान्छेलाई बगाएर माडीमा लगेको रहेछ र त्यो मान्छेको पत्ता लागेको थिएन । ठाडो खोलाहरू त्यस्तै हुन्छन् र तर्न लागेको मान्छेलाई झारिहाल्छन् ।
खोलापारिको एउटा अज्ञात मान्छेले मलाई सावधान गराएको हुनाले नै म त्यो बेला बचेँ अन्यथा त्यो बेला मलाई त्यो खोलाले बगाउँथ्यो र म माडीमा मिसिएर बेपत्ता हुन्थेँ ।
मैले अहिले पनि त्यो अज्ञात मान्छेलाई सम्झिरहन्छु । त्यो मान्छेको मैले कहिल्यै अनुहार देखिनँ तर उनलाई चिनिनँ पनि तर त्यो मान्छेले मलाई कति ठुलो गुन लगाएको थियो ? मलाई मृत्युको मुखमा जानबाट बचाएको थियो । अहिले पनि मैले त्यो मान्छेलाई सम्झन्छु र उसप्रति मेरो मनमा कृतज्ञता भरिएर आउँछ ।
—२—
पञ्चायती तानाशाही कालमा मैले “उग्रवामपन्थी विचारधाराको खण्डन” लेख्दै थिएँ । त्यो बेला म कञ्चनपुरपारि भारत उत्तर प्रदेशको एउटा गाउँमा बसेको थिएँ । त्यो गाउँको नाम मलाई अहिले सम्झना छैन । त्यो गाउँमा ‘टङ्कनाथ पन्थी’ र उहाँको परिवार पनि बस्नुहुन्थ्यो । अब पन्थी ओशो सम्प्रदायको “स्वामी” बन्नुभएको छ । त्यो गाउँमा म करिब दुई महिना बसेको थिएँ र त्यही गाउँमा मैले “उग्रवामपन्थी विचारधाराको खण्डन” पुस्तक पूरा गरेको थिएँ । त्यही गाउँमा नै मेरो छोरी पूर्वा पनि जन्मिएकी थिइन् ।
त्यो गाउँमा एउटा ठुलो ताल थियो । मैले प्रायश: त्यो तालमा गएर पौडी खेल्न सिक्ने गर्दथेँ । मैले प्रायश: छेउ छेउमा नै पौडी खेल्न सिक्ने गर्दथेँ । केही दिन पौडी खेल्न सिकेपछि मैले त्यो तालमा वारिबाट पारी नै पुग्ने विचार गरेँ र त्यसमा पसेँ तर त्यसको बिचभन्दा केही वर पुग्दा मलाई पौडी खेल्न अप्ठ्यारो हुन थाल्यो । तलाउको छेउमा दुई/तीन जना मानिस देखिन्थे तर सायद मलाई पौडी खेल्न अप्ठ्यारो भएको कुरा उनीहरूले थाहा पाउन सकेनन् र मलाई बचाउन पनि कोही आएन तैपनि जनतन केही बेरमा मैले पारितिर नगएर वारितिरको तिरमा नै फर्केर आए । त्यसरी त्यो बेला म एउठा ठुलो कालबाट बचेको थिएँ ।
—३—
बर्खाको समय थियो । म बसमा चढेर देहरादुनबाट लखनऊ आउँदै थिए । बाटामा एउटा ठुलो नदी पर्दथ्यो । त्यसमा बाढी आएको थियो । त्यो नदीको बिचमा एउटा सिमेन्टको पुल थियो । बाढीको पानी त्यो पुलको केही माथिसम्म पनि आएको थियो । त्यसैले त्यहाँ सबै बसहरू वारिका वारि र पारिका पारि नै रोकिएका थिए ।
हाम्रो बसको ड्राइभर एक जना पञ्जाबी सरदार थिए । उनले त्यो पुलमा बस चलाउन थाले । त्यहाँका सबै मान्छेहरूले उनलाई त्यो बाढी आएको बेलामा त्यसरी पुलमा नपस्न भने तर उनले मानेनन् र बस पुलतिर बढाए । केही पर जानेबित्तिकै बाढी अरू बढेर आयो र गाडी हल्लिन थाल्यो । बसका सबै मान्छे कराउन थाले । सबैलाई यो लागेको थियो, बाढीले अब बसलाई बगाउँछ । मलाई पनि लागेर आयो, अब बाढीले बसलाई बगाउँछ र बाँच्ने कुनै उपाय छैन ।
त्यही बेला नदीले एउटा ठुलो वृक्षलाई बगाउँदै ल्यायो । त्यो वृक्ष पुलको नजिकै आएर रोकियो । त्यो रुखका कारणले बाढीमा बढेर आएको पानी दायाबायातिर रोकियो र त्यही ठाउँमा ड्राइभरले बस रोके । यो स्पष्ट थियो, त्यो रुख त्यहाँ नआएको भए बाढीले बसलाई बगाएर लैजान्थ्यो । त्यो रुखका कारणले बस बच्यो । त्यो बस करिब एक घण्टासम्म त्यही रोकियो । त्यसपछि बाढी कम हुँदै गयो र हाम्रो बस पुल तरेर वाल्तिर आयो ।
त्यो नदीका दुबैतिरका मान्छेहरूले आत्तिएर त्यो बसलाई हेरिरहेका थिए । बस किनारमा पुगेपछि त्यहाँका सबै मान्छेहरू धेरै खुसी भए र सबैले हात हल्लाएर बसका प्यासेन्जरलाई स्वागत गरे ।
राति हामी लखनउ पुग्यौँ ।
—४—
म कपिलवस्तुको, त्यो बेलाको तौलिहवा जिल्लाको शिवपुरमा राति छन्दबहादुर कहाँ बास बसेँ र अर्काे दिन बिहान खाना आएर प्युठानतिर लागेँ । त्यो बेला मलाई वारेन्ट भएको हुनाले मूलबाटो भएर प्युठान जान मिल्दैनथ्यो । त्यसैले म प्युठान दोबाटोबाट दायातिर लागेँ र केही घण्टा नदीको किनारैकिनार हिँडेर साँझ चाबेगाउँमा पुगे । त्यहाँ केही बेर बसँे र म तलतिर झरेर त्यहाँको एउटा भट्टीमा बास बसेँ ।
अर्काे दिन बिहान म त्यहाँको एउटा खोलाको तिरैतिर माथितिर असुरकोट जानका लागि हिँडे । त्यो बेला निकै गर्मी थियो । केही माथि मैले एउटा रह देखेँ । त्यसैले मैले त्यसमा नुहाउने विचार गरेर कपडा छोडाएर त्यो रहमा पसेँ तर त्यसमा भुमरी रहेछ । त्यसले मलाई आफूतिर तान्यो र घुमाउन थाल्यो । मैले त्यहाँबाट बाहिर निस्कने कोसिस गर्दथेँ तर भुमरीले मलाई त्यही घुमाइराख्दथ्यो । केही बेरपछि कसो कसो गरेर त्यो भुमरीले मलाई बाहिर फालिदियो । त्यसपछि म बाहिर निस्केँ र त्यहीँ बेहोस भएर पल्टे । त्यहाँ म कति बेर पल्टेँ ? थाहा भएन । मेरो जिउ एकदम कमजोर भएको थियो र हिँड्न पनि गार्हो लागिरहेको थियो तैपनि म सुस्त सुस्त गर्दै बाटो लागे र केही माथिको एउटा गाउँमा गएर दिउसै बास बसे । अर्काे दिन ढाकाबाङको अमलाचौरमा कुलानन्द बञ्जाडेको घरमा पुगेँ ।
—५—
म बेल्जियमबाट प्लेनद्वारा काठमाडौँ आउँदै थिएँ । बेल्जियमबाट उडेको केही दिनपछि प्लेन हल्लिन थाल्यो । कहिले दाया कहिले बाया गर्न थाल्यो । सबै यात्री आत्तिन थाले ।
केही बेरपछि प्लेन घड्याम्म गर्दै तलतिर झर्यो । सबै यात्रुहरू ठुलो स्वरले चिच्याउन थाले । मैले प्लेनहरू त्यसरी खसेका र दुर्घटना भएका कैयौँ समाचार पढेको थिएँ । त्यो बेला मैले सोचेँ, अब जीवनको अन्त हुन्छ र बाँच्ने कुनै उपाय छैन ।
केही छिनपछि पाइलटको स्वर प्लेनमा गुञ्जियो : ‘All things are under control’ (सबै कुरा नियन्त्रणमा छन्) । त्यो स्वर सुन्नेबित्तिकै प्लेनभित्र प्रसन्नताको ठुलो स्वर गुन्जियो ।
केही घण्टापछि प्लेन दोहा वा दुबई कहाँ हो ? अहिले मलाई याद छैन, आएर उत्रियो । अर्काे दिन म काठमाडौँ आइपुगेँ ।
मोहनविक्रम सिंह