नेपाल कम्युनिस्ट पार्टी (मसाल) को तात्कालिक राजनीतिक प्रस्ताव पिबिको बैठक द्वारा पारित
झिमरुक पोस्ट
मङ्लबार, साउन २३, २०८०
नेपाल कम्युनिस्ट पार्टी (मसाल) को तात्कालिक राजनीतिक प्रस्ताव
“२०८० साउन ११ र १२ गते सम्पन्न नेकपा (मसाल) पी.बी. को बैठकद्वारा पारित
(२०८० साउन ११ र १२ गते सम्पन्न नेकपा (मसाल) को पी.बी. को बैठकद्वारा पारित)
१. अहिले हाम्र्राअगाडि ऐतिहासिक तीन अभियान पूरै वर्षभरि सञ्चालन गर्ने ऐतिहासिक जिम्मेवारी छ । ती तीनै अभियानमा लेनिनको स्मृतिशताब्दी दिवस, पार्टीको हीरक जयन्ती र पार्टीको नवौँ महाधिवेशन पूरा गर्ने जिम्मेवारी आउँछन् । ती अभियानको उद्देश्य प्रथम पार्टीको क्रान्तिकारी रूपान्तरण गर्ने हो भने द्वितीय, दीर्घकालीन र तात्कालिक जिम्मेवारी पूरा गर्न पार्टीलाई समर्थ गराउनु पनि हो । पार्टीको क्रान्तिकारी रूपान्तरणको लागि तलैदेखि माथिसम्म पार्टीसदस्यको दृष्टिकोण लेनिनवादी सङ्गठनात्मक प्रणालीको आधारमा पार्टीको पुनर्निर्माण, जनवादी केन्द्रीयताको आधारमा पार्टीको अनुुशासन र देशव्यापी रूपमा पार्टी वैधानिक मोर्चा र जनवर्गीय सङ्गठनको विस्तार र सुदृढीकरण गर्नु आवश्यक हुने छ । पार्टीको केन्द्रीय समितिले ती उद्देश्य पूरा गर्न वर्षभरिका लागि नै कार्यक्रम निश्चित गरेको छ । ती कार्यक्रम पूरा गरेपछि नै हामीले पार्टीको क्रान्तिकारी रूपान्तरण गर्न र हाम्राअगाडि भएका राजनीतिक जिम्मेवारी पूरा गर्न सफल हुने छौँ ।
२. आज देशको आधारभूत लक्ष्य नयाँ जनवादी क्रान्ति नै हो । त्यो अहिलेको हाम्रो रणनीति पनि हो । त्यो रणनीति वा लक्ष्यका लागि परिस्थिति वा आधार तयार पार्न हामीले अहिले मुख्य जोड दिनुपर्दछ । हाम्रो कार्यनीतिको उद्देश्य त्यस प्रकारको परिस्थिति वा आधार तयार पार्नु नै हुन्छ र हुनुपर्दछ । जनताको राजनीतिक चेतना वा सङ्घर्षको स्तर उठाएर तथा सङ्गठन र जनाधारलाई शक्तिशाली बनाएर नै हामीले नयाँ जनवादी क्रान्तिको लागि निर्णयात्मक शक्ति निर्माण गर्न सक्दछौँ र गर्नु पनि पर्दछ ।
३. तात्कालिक राजनीतिक दृष्टिकोणले अहिले देशका अगाडि मुख्य राजनीतिक समस्या दुईओटा छन् : प्रथम, प्रतिगमनको खतरा र द्वितीय, साम्राज्यवादी खतरा । प्रथम प्रकारको खतराले देशमा जनताको ऐतिहासिक सङ्घर्ष र बलिदानद्वारा प्राप्त लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गर्ने छ भने दोस्रो खतराले देशको राष्ट्रियता र सावैभौमिकतालाई समाप्त गर्ने छ । प्रथम प्रकारको खतरा राजावादी, ओली र भारतका कट्टर हिन्दुवादी शासकसमेत बाट अगाडि आइरहेको छ । दोस्रो प्रकारको खतरा मुख्य रूपले भारतीय र अमेरिकी साम्राज्यावादद्वारा आइरहेको छ । हाम्रो पार्टीको आठौँ महाधिवेशनले सामन्तवाद र भारतीय साम्राज्यवादसितको अन्तरविरोधलाई प्रधान बताएको छ । महाधिवेशनले अमेरिका वा ई.यू. का साम्राज्यवादी देश वा नोकरशाही र दलाल पुँजीपति वर्गसित पनि अन्तर्विरोध भएको कुरालाई स्वीकार गरेको छ । मुख्य अन्तरविरोध नेपालको सामन्तवाद र भारतीय साम्राज्यवादसँग भएको कुरा बताएको छ तर अब आठौँ महाधिवेशनको बेलादेखि अहिलेसम्मको राजनीतिक स्थितिमा केही परिवर्तन भएर गएको छ । अहिले नेपालमा पहिलेको तुलनामा अमेरिकी साम्राज्यवादको भूमिका केही बढेर गएको छ यद्यपि अहिले पनि हाम्रो मुख्य अन्तरविरोध सामन्तवाद र भारतीय साम्राज्यवादसित नै छ भन्ने हाम्रो मत रहेको छ ।
४. अमेरिकाले पहिले नेपालका राजनीतिक पार्टीमा घुसपैठ गरेर, सरकारलाई दबाव दिएर वा भारत सरकारको माध्यमद्वारा नेपालमा आफ्ना साम्राज्यवादी उद्देश्य पूरा गर्ने प्रयत्न गर्दथ्यो । अब त्यसले नेपालमा आफ्नो प्रत्यक्ष भूमिका बढाउने नीति अपनाउन थालेको छ । त्यसका लागि त्यसले नेपालमा आफ्नै निर्देशनमा चल्ने राजनीतिक पार्टीसमेत बनाएर संसद् र सरकारमा समेत आफ्नो प्रत्यक्ष नियन्त्रण कायम गर्ने नीति अपनाएको छ । त्यसले गर्दा अमेरिकी साम्राज्यवाद नेपालका साम्राज्यवादपरस्त तत्त्वसमेतका विरुद्ध सङ्घर्ष गर्नुपर्ने आवश्यकता धेरै नै बढेर गएको छ । अमेरिकाको त्यसो गर्नको मुख्य उद्देश्य नेपाललाई इन्डोप्यासिफिक रणनीतिमा सामेल गर्नु र तिब्बतमाथि हमला गर्नको लागि नेपालको भूमि उपयोग गर्नु हो ।
५. माथि उल्लिखित प्रतिगमन र साम्राज्यवादसमेतका विरुद्ध आउने राजनीतिक शक्तिसित संयुक्तमोर्चाको नीतिको आधारमा सम्भव भएजति अधिकतम एकता कायम गरेर सङ्घर्षलाई शक्तिशाली र व्यापक गर्नुपर्ने आवश्यकता छ । निश्चय नै देशको राजनीतिक परिस्थितिमाथि विचार गर्दा उक्त दुवै शक्तिका विरुद्ध एउटै संयुक्तमोर्चा बन्ने सम्भावना छैन । प्रतिगमनका विरुद्ध केही वर्षदेखि गठबन्धन निर्माण भएको छ र त्यो गठबन्धनका सन्तोषजनक उपलब्धि पनि रहेका छन् । त्यो गठबन्धनका कारणले नै ओलीको संसद्लाई विघटन गर्ने दुई दुई पल्टका प्रयत्न असफल भए । राष्ट्रियसभा र स्थानीय चुनावमा पनि ओली पक्षको हार भयो ।
संसदीय चुनावमा अत्यधिक बहुमत ल्याउने ओलीको दाबी पनि सफल हुन सकेन । चुनावपछि पाँचदलीय गठबन्धनमा उत्पन्न भएको अन्तरविरोधका कारणले एमालेलाई केही समयका लागि सत्तामा पुग्ने अवसर प्राप्त भएको थियो तर पाँचदलीय गठबन्धनमा देखा परेको सुझबुझका कारणले त्यो स्थितिमा छिट्टै सकारात्मक रूपले परिवर्तन भयो र प्रतिगमन पराजित भयो तैपनि प्रतिगमन पक्षधर शक्तिहरूले सत्तामा कब्जा जमाउनका लागि अहिले पनि योजनाबद्ध प्रकारले प्रयत्न गरिरहेका छन् र प्रतिगमनको खतरा अहिले पनि कायम छ । माथि भनिएझैँ राजावादी, ओली र कट्टर हिन्दुवादी शक्तिबाट सम्मिलित रूपमा प्रतिगमनको खतरा छ तैपनि अहिले त्यसमा प्रत्यक्ष र नेतृत्वदायी भूमिका ओलीको नेतृत्वमा एमालेले नै खेलिरहेको छ ।
६. प्रतिगमनका विरुद्ध देशमा गठबन्धन निर्माण कार्यगत एकताको एउटा रूप नै हो । परस्परमा गम्भीर प्रकारका मतभेदको बिचमा पनि त्यो गठबन्धन निर्माण गरेर प्रतिगमनका विरुद्ध भएका राजनीतिक शक्तिहरूले नेपालको राजनीतिमा ऐतिहासिक योगदान दिएका छन् । त्यसरी गठबन्धन निर्माण हुन नसकेको भए देश निश्चित रूपले प्रतिगमनतिर जाने थियो र लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता समाप्त हुने सम्भावना थियो । गठबन्धनका कारणले नै त्यस प्रकारको खतराबाट देश बच्न गएको हो ।
देशको राजनीतिमा गठबन्धनको ऐतिहासिक र सकारात्मक योगदान भएको भए पनि विभिन्न राजनीतिक पार्टीहरूको बिचमा र स्वयम् विभिन्न राजनीतिक पार्टीका बिचका अन्तरविरोध, गुटबन्दी, अन्तरघातसमेतका कारणले गठबन्धनले सन्तोषजनक रूपले काम गर्न सकेन । उक्त कारणको परिणामस्वरूप नै संसदीय चुनावमा गठबन्धनले आवश्यक बहुमत प्राप्त गर्न सकेन र प्रतिगमन पक्षधर शक्तिलाई गठबन्धनभित्रका विभिन्न राजनीतिक पार्टीबिचका अन्तरविरोध वा अन्तरघातका बिचमा खेल्ने मौका मिल्यो तैपनि यो सन्तोषको कुरा हो कि जनतन प्रतिगमन विरुद्ध गठबन्धन कायम रहेको छ तर त्यसको स्थायित्वमा अहिले पनि कैयौँ समस्या छन् ।
७. अहिले सबैतिर २०८४ सालको निर्वाचनको कुरा उठिरहेको छ । प्रतिगमनको पक्षमा भएका राजनीतिक शक्तिहरू† जस्तै कि एमाले, राप्रपा र “स्वतन्त्र” पार्टी जोडतोडसित त्यसको तयारीमा लागिरहेका छन् । अर्को चुनावमा अहिलेको गठबन्धनलाई पराजित गर्ने रणनीतिअन्तर्गत उनीहरूले चुनावको तयारी गरिरहेका छन् तर अहिलेको गठबन्धनको चुनावसम्मको नीति स्पष्ट, उत्साहप्रद र सन्तोषजनक देखिँदैन । आगामी चुनावमा संयुक्त भएर जाने विषयमा पनि उनीहरूका बिचमा स्पष्ट धारणा पाइँदैन । नेकाभित्र एक्लै चुनावमा जानुपर्छ भन्ने जोडतोडले आवाज उठिरहेको छ । गएको चुनावको अनुभवले बताउँछ : उनीहरूको केन्द्रीय कमिटीले गठबन्धन गरेर चुनावमा जाने निर्णय गरेको भए पनि त्यसभित्रको प्रतिपक्षले त्यो नीति इमान्दारितापूर्वक कार्यान्वयन गरेन र कतिपय स्थानमा उनीहरूले अन्तरघात गरेर एमालेका उम्मेदवारलाई समेत जिताउने काम गरे । उनीहरूले कैयौँ निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवारलाई समेत हराउने प्रयत्न गरे । त्यस प्रकारका अन्तरघात गर्ने व्यक्तिलाई नेकाले कुनै कारबाही नगरेको कुराबाट आगामी चुनावमा त्यो पार्टीले गठबन्धनको पक्षमा निर्णय गरे पनि अन्तरघातका लागि खुल्ला छुट हुने छ भन्ने कुराको सजिलैसित अनुमान गर्न सकिन्छ । गत चुनावमा माओवादीले पनि गठबन्धनमा भएको समझदारीलाई कायम राख्न तलसम्म अनुशासन कायम राख्न नसकेको कुुरा छर्लङ्ग छ । गठबन्धनमा भएको समझदारीको उल्लङ्घन गर्ने आफ्ना स्थायी समिति र कार्यकर्ताका विरुद्ध त्यसले पनि कुनै कारबाही गर्न सकेन । त्यसबाट उनीहरूको इमान्दारिता र विश्वसनीयतामाथि पूरै भर गर्न सकिने आधार कम छ ।
८. गठबन्धन पक्षका मुख्य राजनीतिक शक्तिहरूको त्यस प्रकारको चरित्रमाथि विचार गर्दा आगामी चुनावमा गठबन्धनका बिचमा विश्वसनीय प्रकारको चुनावी एकता हुन सक्ने सम्भावनाबारे प्रश्न उठाउने ठाउँ छ । उनीहरूको बिचमा त्यस प्रकारको चुनावी एकता हुन नसकेमा देश प्रतिगमनतिर जाने नै बढी सम्भावना हुने छ ।
९. यस सन्दर्भमा नेकाभित्र विद्यमान दुईटा प्रवृत्तिप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ : प्रथम– त्यसभित्र राजतन्त्रको पुनस्र्थापना गर्ने र हिन्दु राष्ट्र बनाउने प्रवृत्तिले पनि पहिल्यैदेखि काम गर्दै आएको छ† द्वितीय– त्यसभित्रको वमपन्थीसित कुनै एकता नगर्ने तथा अमेरिकी साम्राज्यवादपरस्त सोचाइपनि निकै पाइन्छ । त्यस प्रकारका प्रवृत्तिका कारणले उनीहरूको जोड अहिलेको गठबन्धनलाई निरन्तरता दिनुभन्दा एमालेसित गठबन्धन गर्नेतिर नै बढी पाइन्छ, जसको अर्थ राप्रपा र “स्वतन्त्र” पार्टीसित पनि गठबन्धन गर्नु हुने छ । नेकाभित्र त्यस प्रकारका प्रवृत्तिको विजयी भयो भने त्यो सम्पूर्ण देश र स्वयम् उनीहरूका पार्टीका लागि पनि प्रत्युत्पादक हुने निश्चित छ ।
१०. हामीले सुरुदेखि नै प्रतिगमनका विरुद्ध गठबन्धनको आवश्यकतामाथि जोड दिँदै र त्यसमा भएका सबै समझदारीलाई इमानदारितापूर्वक पालन गर्दै आएका छौँ तर अन्य पक्षबाट त्यस प्रकारका समझदारीको कार्यान्वयन नगरिएका कैयौँ समाचार सार्वजनिक भएका छन् । खास गरेर नेकाका केन्द्रीय नेता र माओवादीका स्थानीय कार्यकर्ताद्वारा त्यस्तो गर्ने गरिएका कैयौँ उदाहरण छन् । माओवादी पक्षद्वारा त कतिपय जिल्लामा आफ्नै उम्मेदवारसित पनि अन्तर्घात गर्ने गरिएको छ । त्यो अवस्थामा आगामी चुनावमा गठबन्धन पक्षधरका शक्तिसित चुनावी तालमेल कहाँसम्म सही र लाभदायक हुने छ ? त्यो कुरा गम्भीर रूपमा उठ्न थालेको छ । प्रतिगमनलाई पराजित गर्न गठबन्धन पक्षधर शक्तिको बिचमा चुनावी तालमेल गर्नुपर्छ भन्ने हाम्रो मत भए पनि अन्य पक्षहरू त्यसका लागि तयार नभएमा वा त्यससम्बन्धी समझदारीलाई अन्य पक्षले इमानदारितापूर्वक पालना नगरेमा चुनावमा एक्लै जानुको सट्टा अर्को कुनै विकल्प हामीसित रहने छैन । त्यसैले आगामी स्थानीय, प्रादेशिक वा संसदीय चुनाव एक्लैले लड्ने दिशामा पनि हामीले अहिलेदेखि नै विचार गर्दै वा तयारी गर्दै वा मानसिक रूपले आफूलाई तयार गर्दै जानुपर्दछ ।
११. हामीले बारम्बार यो स्पष्ट गर्दै आएका छौँ कि देशमा प्रतिगमनको गम्भीर खतराको पृष्ठभूमिमा त्यसका विरुद्ध गठबन्धन राष्ट्रिय आवश्यकता हो । त्यसैले सरकार र गठबन्धनमा सामेल भएका राजनीतिक दलहरूसित गम्भीर प्रकारका मतभेदका बाबजुद हामीले त्यसलाई समर्थन गर्दै आएका छौँ । गठबन्धनसितको यो हाम्रो सम्बन्ध मतभेद र सङ्घर्षका विचमा एकताका साथै आवश्यकताअनुसार सङ्घर्षको सिद्धान्तमाथि आधारित छ तर अन्य पक्ष हाम्रो यस प्रकारको दृष्टिकोणलाई सही प्रकारले बुझ्न असमर्थ भएको देखिन्छ ।
सायद त्यही कारणले हुन सक्दछ, अहिले हामी गठबन्धनमा सामेल भए पनि उनीहरूले हामीलाई बैठकमा बोलाउन छाडेका छन् ।
हामी सरकारमा नभएको हुनाले सरकारको सञ्चालनसम्बन्धी विषयमा हामी गठबन्धनको बैठकमा उपस्थित हुनु आवश्यक हुँदैन तर नीति निर्धारणसित सम्बन्धित बैठकमा हामी पहिलेदेखि नै उपस्थित हुँदै आएका छौँ तर अब त्यस्ता बैठकमा पनि उनीहरूले हामीलाई बोलाउन छाडेका छन् । उनीहरूको त्यस प्रकारको व्यवहारलाई हामीले गम्भीर रूपमा लिएका छौँ । त्यस प्रकारको अवस्थामा सरकारलाई दिएकोे समर्थनलाई कायम राख्दै गठबन्धनबाट हट्नेबारे हामीले सोच्नुपर्ने आवश्यकता छ तर त्यसबारे एकपल्ट गम्भीर गठबन्धनसित औपचारिक रूपमा छलफल गरेर नै हामी कुनै निर्णयमा पुग्नु सही हुने छ । निश्चय नै गठबन्धनबाट हटे पनि सरकारलाई दिएको समर्थन कायम राख्नु आवश्यक हुने छ किनभने त्यो प्रश्न प्रतिगमन विरुद्धको सङ्घर्षसित जोडिएको छ ।
१२. अनुभवले बताउँछ : गठबन्धनका तर्फबाट चुनावी तालमेल गरेर जाँदा र अन्य पक्षले त्यसलाई इमानदारितापूर्वक पालना नगर्दा हामीलाई कैयौँ क्षति पुग्ने गरेको छ† जस्तै कि संसद्का एक दुई सिटका लागि हामी देशभरका अन्य निर्वाचन क्षेत्रमा अन्य पक्षलाई समर्थन गर्नुपर्दछ । त्यहाँ हाम्रो राजनीति लैजाने, भण्डाफोर गर्ने, जनआधारको निर्माण गर्ने, सङ्गठनको विस्तार गर्ने वा समानुपातिक मत प्राप्त गर्ने हाम्रो सम्भावना पनि कम हुन जान्छ । एक्लै चुनावमा जाँदा हामीलाई कैयौँ क्षति पुग्ने पनि सम्भावना हुन्छ तर त्यसका साथै पहिले उल्लेख गरिएका कैयौँ क्षतिबाट बच्ने अर्थात देशका धेरै स्थानमा उम्मेदवार उठाउने, आफ्नो राजनीति लैजाने, भण्डाफोर गर्ने, समानुपातिक मत बढाउने सम्भावना पनि बढेर जान्छ । निश्चय नै तत्काल हामीले उक्त बेग्लाबेग्लै पक्षलाई छलफलको लागि नै बाहिर ल्याएका छौँ । पछि सबै तहका हाम्रा साथीहरू वा समर्थकले उक्त विषयमा छलफल गर्दै जानुपर्दछ । चुनावका बेलामा त्यो बेला पक्ष वा विपक्षमा भएका सबै सम्भावनामाथि विचार गरेर हामीले आवश्यक निर्णय गर्ने छौँ ।
१३. सरकारले अहिले जुन प्रकारको कार्यशैली अपनाएको छ, त्यो पनि धेरै नै गैरजिम्मेवार र आपत्तिजनक प्रकारको छ । खास गरेर प्रशासनको भ्रष्ट र नोकरशाही प्रकारको कार्यशैलीका कारणले जनता धेरै नै पीडित हुनुका साथै विकास कार्यक्रम पनि धेरै नै अवरुद्ध हुने गरेका छन् । प्रशासनको त्यस प्रकारको प्रणालीमा सुधार गर्न सरकार असमर्थ हुने गरेको छ । हामीले सरकारलाई समर्थन गरे पनि सरकार र प्रशासनसमेतको त्यस प्रकारको कार्यशैलीको कडा शब्दमा आलोचना गर्दछौँ ।
१४. देशको वर्तमान अवस्थामा सङ्घीयताबाट देशलाई झन्पछि झन् क्षति पुग्दै गइरहेको छ । त्यसबाट हाम्रो पहिलेदेखि नै यो अडान कायम छ कि पुरानो प्रकारको सामन्ती, केन्द्रीकृत र नोकरशाही प्रकारको एकात्मक प्रणाली देशका लागि उपयुक्त छैन र त्यो प्रणालीमा परिवर्तन हुनुपर्दछ तर त्यसको विकल्प सङ्घीयता नभएर प्रजातान्त्रिक विकेन्द्रीकृत र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक प्रणाली नै हो । सङ्घीयताको प्रधान पक्ष प्रादेशिक संरचना नै हो । त्यसको अनावश्यक खर्चको कारणले देशमा आर्थिक बोझ बढ्दै गइरहेको छ । अहिले देशमा जुन गम्भीर प्रकारको आर्थिक सङ्कटको स्थिति उत्पन्न हुँदै गइरहेको छ, त्यसका लागि धेरै हदसम्म सङ्घीयताको अनावश्यक आर्थिक बोझ पनि जिम्मेवार छ । त्यसबाट देशको राष्ट्रियता र अखण्डतामा पनि गम्भीर खतरा बढ्दै जाने सम्भावना छ । त्यसैले सङ्घीयता विरुद्धको सङ्घर्षलाई अरू तीव्र र व्यापक पानुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ ।