युवारज पौडेल
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रूपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रूकुम(पूर्वी भाग), रोल्पा, प्यूठान, दाङ, बाँके, बर्दिया गरी बाह्र जिल्लाहरू रहेका छन । बाह्र जिल्लामध्ये पहाडमा ६ जिल्ला र तराईमा ६ जिल्ला रहेका छन् । यस प्रदेशमा ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी कूल १०९ वटा स्थानीय तहहरू रहेका छन । उत्तरमा पुथा हिमालदेखि दक्षिणमा मर्चवारसम्म, पूर्वमा त्रिवेणी सुस्तादेखि पश्चिममा राजापुरसम्म को २२,२८८ वर्गकिमी क्षेत्रफलमा फैलियको लुम्बिनी प्रदेशको राजधानी १२ वटै जिल्लाको केन्द्र मा छ । यो प्रदेश पाँच मुख्य क्षेत्रहरूमा विभाजन गर्न सकिन्छ उत्तरबाट सुरू हुँदै,
उच्च हिमालय (३.१%) ,उच्च हिमाल (९.१%)
मध्य पहाड (३२.२%), सिवालिक क्षेत्र (२७.९%)
,तराई क्षेत्र (२७.६%)
मुलुक संघियता कार्यान्वयनमा बढेसंगै अस्थायी मुकाम बुटवल बाट काम संचालन गरेको थियो अनन्त प्रदेश राजधानि स्थाइ राजधानी राप्ती उपत्यका देउखुरी बनेको छ।
देउखुरी उपत्यका
शितगङ्गा नपा अर्घाखाँची अनि दाङका चार पालिका
राप्ती गाउँपालिका १६१ ,गढवा गाउँपालिका ३५८.५७,
लमही नगरपालिका ३२६.६६ ,राजपुर गाउपालिका ५७७.३३ गरि करिब १५०० स्क्वायर वर्ग किमि क्षेत्रफल भयको देउखुरी उपत्यका को कुल क्षेत्रफल मध्ये ६०% जमिन उर्वर थियो , सुरुमा आदिवासी थारू समुदायको मात्रै बस्ती बसेको देउखुरी उपत्यका मा अहिले मिश्रति समुदाय बस्ने गर्दछन ।राप्ती नदि को उत्तर दक्षिण उर्वर खेतीयोग्य जमिन , दक्षिण चुरेपहाड देखि उत्तर तथा उत्तर देखि हुँदै दक्षिण बग्दै राप्ती नदिमा पुग्ने दर्जनौ खोलाहरू अत्यन्तै सुन्दर क्षेत्र हो । कुनैबेला अन्नको भण्डार मानिने देउखुरी को कुल खेतीयोग्य जमिनको ७०% नियमित सिंचाइको ब्यवस्था छ भने बाँकी आकासे पानीमा निर्भर हुनुपर्छ ,एक दशक यता भालुभाङ्ग देखि लमही सम्मको वस्ती बिकास अत्यन्तै तीब्र गतिले बढिरहेको छ । खेतीयोग्य जमिन नासिदै गयको छ , उर्वर जमिन दिनानुदिन कंक्रीट मा परिणत हुँदै छ ,कुनैबेला राप्तिको अन्न भण्डार अहिलेसम्म आउँदा व्यापक बजारी-करण , बसाइँसराइ गरि आउने क्रम व्यापक छ ।
लुम्बिनी प्रदेश राजधानी अवस्थित क्षेत्र भौतिक पूर्वाधारका हिसावाले विकासोन्मुख भन्नु पर्द्छ ।
सवल पक्ष र सम्भाव्यता :
कोरा क्षेत्रलाई केन्द्र बनाउदा त्यस क्षेत्रको भौतिक बिकास योजनावद्द तरिकाले अगाडी बढाउदा यस क्षेत्रको वैज्ञानिक बस्ति बिकास, सुध्रिढ ब्यवस्था, बन्द ब्यापारको वृद्धि हुदा जन जीविकामा सुधार आउने छ।
यस क्षेत्रले स्वाभाविक रुपमा बिकासको गति लिदा रोजगार क्षेत्र, पर्यटन क्षेत्र, शैक्षिक क्षेत्र, व्यापारिक र औद्योक क्षेत्रको उन्नयन हुन सक्ने छ ।
देउखुरी मुलत कृषिमा आधारित क्षेत्र भएकोले कृषिजन्य बस्तुको बजार उपलब्ध हुदा कृषक लाभान्वित हुने छन् । देउखुरी क्षेत्रको अर्को समस्या नदि कटान हो ,राप्ति नदीलाई व्यवस्थापन /तटबन्ध र कटान नियन्त्रण गर्न सके मात्रै झन्डै ४२००० बिघाह जमिन प्रयोगमा आउन सक्छ , श्रीजित भूमी सदुपयोग गरि आवस्यक हरित क्षेत्र, अन्य आवश्यक पूर्वाधार , बजारिकरण,पर्यटन गन्तव्य,विकास गर्न सकिने छ ।
उत्तरी पहाडी क्षेत्रहरू मा पर्यटन ब्यवसाय को प्रचुर संभावना देखिन्छ जस्तै देविकोट देखि सितलापुर बौराह हुँदै सोरौठी सम्मको पुर्वाधार बिकास गरि पर्यटन गन्तव्य बनाउन सकिन्छ , राप्ती नदि को तटीय क्षेत्रहरूमा नमुना शहरको निर्माण गर्न सकिने छ । प्रदेशकै भौगोलिक केन्द्र भएकोले सबैलाइ केन्द्र पर्न जादा शैक्षिक केन्द्र, व्यापारिक केन्द्र, प्रशासनिक केन्द्र बन्नुका साथै प्रदेशको सास्कृतिक विविधताको कारण पर्यटनको बिकास हुदा आर्थिक सबलीकरण प्राप्त हुनेछ। उत्तर तर्फको पहाडी भागलाई पर्यटकिय आकर्षण क्षेत्रको रुपमा बिकासको
यी बाहेक थुप्रै राम्रा पक्ष छन , यद्दपी राम्रो भनेको योजना सहितको दूर दृष्टिले निरन्तर गरिने कार्यको प्रतिफल हो ।यस क्षेत्रलाई राजधानी बनाएर अगाडी बढिरहदाको अवस्थामा देखा परेका चुनैतीहरु उत्तिकै छन् बेलैमा सजग रहनु नितान्त जरुरि छ ।
चुनौतिहरु :
१) उत्पादनशिल भुमीको क्षेयिकरण
उत्पादनशिल भुमीको क्षेयिकरण
दिनानुदिन बढ्दै गयको उर्वर जमिनको क्षेयिकरण दीर्घकालीन देउखुरी को जटिल समस्या बन्न सक्न्ने उत्तिकै डर छ भने अर्कोतिर कतै देउखुरी पनि अहिलेको काठमाडौ जो पाँच दशक अगाडिको काठमाडौ थियो र हालको काठमाडौ त बन्दै त छैन भन्ने आशंका उत्पन्न हुंदैछ ।
२) शान्ति सुरक्षा
सुरक्षाविना शान्ति र शान्तिविना दिगो विकासको कल्पना गर्न सकिन्न । आज सुरक्षा भन्ने कुरा बहुआयामिक एवं बहुक्षेत्रगत विषय बनेको छ, जसलाई देशको कुनै पनि पक्षबाट अलग राख्नै सकिन्नँ । यसले केवल मानव पक्षको सुरक्षालाई मात्र अंगीकार नगरी वातावरण, सुशासन विकास, राष्ट्रिय सम्मान र गौरव इत्यादि कुरालाई समेत समेट्छ । प्रदेशको ६ जिल्ला र दाङको ८३ किमि अन्तर्राष्ट्रिय सिमा जोडियको छ त्यसैले
प्रदेश राजधानी संगै अर्को चुनौती शान्ति शुरक्षाको पनि उत्तिकै चुनौती देखिन्छ ,
३) परम्परा र सस्कृतिको ह्रास र पाश्चात्यकरण
जसरी अहिले काठमाडौको मौलीक सभ्यता
जोखिममा परेको छ ,त्यस्तै देउखुरी को मौलिक इतिहास परम्परा,संस्कृतिको ह्रास र पाश्चात्यकरको उत्तिकै चुनौती देखिन्छ । थारू संकृती,भाषा,रहनसहन , बढ्दो जनसंख्या संगै लोप हुने उत्तिकै चुनौती देखिन्छ ।
४) महंगी र अभाव
बढ्दो जनसंख्या,घट्दो उर्वर जमिन/घट्दो उत्पादन को कारण महंगी र अभावको पनि उत्तिकै चुनौती देखिन्छ ।
तिब्र बिकास संगै नकारात्मक प्रतिफल पनि जटिल चुनौती बन्न सक्छ ! बढ्दो जनसंख्याको आधारमा उत्पादन र मागको पुर्ती गर्न नसक्दा महंगी बढ्ने तथा महंगिले अभाव सिर्जित नहोला भन्न सकिन्न ।
५) तिब्र बिकास को नकारात्मक प्रतिफल जस्तै देखाशिकी
तिब्र बिकास संगै आउने नकारात्मक कुराको बिकृती बढ्ने पनि उत्तिकै संभावना हुन्छ अरुको देखासिकी ,गर्दा देउखुरी को अस्तित्व यहाको मौलिकता पहिचान रहनसहन ,भौगोलिक बनावट मा असर , पश्चिमि संकृति देखासिकी ले देउखुरी को रहनसहन भेषभुसा भाषा संकृती को लोप हुने उत्तिकै चुनौती देखिन्छ ।
अन्तमा:
राजधानी संगै आयको ब्यतिथी सुरुबाटै रोकिन जरूरी छ , राजधानी को करिकल्पना गरिरहेको लुम्बिनी विकास प्राधिकरण ले आगामी १००/२०० वर्षको दीर्घकालीन योजनासहित काम गर्नुपर्ने देखिन्छ , महेन्द्र राजमार्ग देखि उत्तरी क्षेत्र ,त्यस्तै दक्षिण को हुलाकी राजमार्ग देखि दक्षिणी भु-भागमा बस्ती र सहर बिकास मा जोड दिनुपर्ने देखिन्छ ।
खासगरी राप्ती तटिय क्षेत्रहरू मा आधुनिकता सहितको सहर पर्यटकीय स्थल होटल रिजोर्ट , विभिन्न मनोरञ्जन का संरचनाको निर्माणका लागि योजना बनाउनुपर्छ ,
खासगरी दिनानुदिन बढ्दै गयको खेतीयोग्य जमिनलाई बस्ती बिकासमा रोक लगाउनु नै उत्तम देखिन्छ ।
नेपालको विकासका योजनामा समन्वय अभावको पनि उत्तिकै कमि देखियको ले खानेपानी ,विधुत , बन ,टेलिकम,
र सडक बिकासमा संगसंगै र समन्वय गर्नुपर्ने देखिन्छ ।
अर्को जटिल समस्या भनेको भौगोलिक बनावट संग मेल खाने ढल निकासको पनि बेलैमा सोच्नुपर्छ , अन्यथा राप्तिनदी अन्तमा हालको बाग्मती र बिष्णुमती बन्न समय लाग्दैन ।