परिवारभित्रको अन्तरसङ्घर्षबारे मैले पहिलेका संस्मरणहरूमा प्रकाश हालिसकेको छु । त्यस सिलसिलामा पिताजी खिमविक्रम, ठुल्दाजी लेटरविक्रम र बहिनी श्यामकुमारीसमेत सित परिवारभित्र भएका अन्तरसङ्घर्षबारे मैले पहिलेका संस्मरणमा उल्लेख गरिसकेको छु । यहाँ मैले पार्टीभित्रका केही खास अन्तरसङ्घर्षबारे प्रकाश हाल्ने प्रयत्न गर्ने छु ।
जस्तो कि मैले पहिले लेखिसकेको छु, पार्टीभित्र गणतन्त्र र वैधानिक राजतन्त्रका बिचमा अन्तरसङ्घर्ष चल्दा प्युठानमा सर्वप्रथम डा. केशरजङ्ग रायमाझी नै प्युठानमा आएका थिए । मैले उनको वैधानिक राजतन्त्रको लाइनलाई समर्थन गरेको थिएँ । द्वितीय महाधिवेशनको बेलामा गणतन्त्र र वैधानिक राजतन्त्रबारे मैले स्पष्ट धारणा बनाउन सकेको थिइनँ र महाधिवेशनमा त्यसबारे मतदान हुँदा म तटस्थ बसेको थिएँ ।
बताइरहनुपर्ने आवश्यकता छैन कि महाधिवेशनपछि पुष्पलाल, शम्भुराम आदिसहितको अल्पमतमा रहेर मैले रायमाझीको विरुद्ध कडा सङ्घर्ष गरेको थिएँ । दरभङ्गा प्लेनमको बेलामा उनले गोप्य रूपले राजाका मान्छेसित भेटघाट गर्ने गरेको कुरा थाहा पाएपछि मैले उनीमाथि कारबाही गर्नुपर्छ भनेर दरभङ्गा प्लेनममा प्रस्ताव पनि राखेको थिएँ तर मैले प्रस्ताव राखेपछि प्लेनमको अध्यक्षता गरिरहनु भएका तुल्सिलाल अमात्य घ्वा घ्वा रोएपछि मेरो प्रस्तावमाथि विचार हुन सकेन । पछि पुष्पलाल, तुल्सिलाल, शम्भुराम, भरतमोहन अधिकारी आदिसमेतले सल्लाह गरेर हामीले पार्टीमा विद्रोह गरेर तृतीय महाधिवेशन गर्ने योजना बनायौँ तर महाधिवेशनको तयारीका सिलसिलामा प्युठान र अर्घाखाँची गएर फर्कदा तौलिहवामा गिरफ्तार भएको हुनाले म तृतीय महाधिवेशनमा सामेल हुन पाइन यद्यपि तृतीय महाधिवेशनले रायमाझी नेतृत्वको बहुमत गुटलाई पार्टीबाट निष्काशित गर्ने निर्णय गरेको थियो ।
द्वितीय महाधिवेशनपछि पुष्पलालसित मिलेर पार्टीभित्र देखा परेको रायमाझी नेतृत्वको राजावादी लाइन र संविधानसभासमेतका प्रश्नमा हामीले सम्झौताहीन सङ्घर्ष गरेका थियौँ तर दरभङ्गा प्लेनममा पुष्पलाल र हाम्राबिचमा केही मतभिन्नता देखा पर्यो ।
२०१७ साल पुस १ गतेको काण्डपछि हामीले संविधानसभाको नारालाई निरन्तरता दिँदै सङ्घर्षलाई अगाडि बढाउने कुरामा जोड दियौँ । संविधानसभाको पक्षमा केन्द्रीय कमिटीमा म एक जना मात्र थिएँ । रायमाझीसमेतको बहुमत संविधानसभाका विरुद्ध हुनुका साथै पुष्पलाल, तुल्सिलाल, शम्भुराम आदि पनि संविधानसभाको विरुद्ध हुनुहुन्थ्यो र उहाँहरूले विघटित संसद् पुनस्र्थापनाको प्रस्ताव राख्नुभएको थियो तर केन्द्रीय समितिभन्दा बाहिर निर्मल लामा, भरतमोहन अधिकारी, कमल कोइराला, कृष्णदास श्रेष्ठ, हिरण्यलाल श्रेष्ठ आदि पनि संविधानसभाको पक्षमा हुनुहुन्थ्यो र प्लेनमको अत्यधिक बहुमतले संविधानसभाको नारालाई पारित गर्यो ।
त्यो बेला संविधानसभाको प्रश्नमा हाम्राबिचमा मतभेद भए पनि रायमाझीको राजावादी लाइनका विरुद्ध विद्रोह गर्ने र तृतीय महाधिवेशनको तयारी गर्ने प्रश्नमा पुष्पलालसमेत सित हाम्रो सहमती थियो ।
हामी गिरफ्तार भएर जेलमा परेपछि पुष्पलालसितको मतभेदले एउटा नयाँ चरणमा प्रवेश गर्यो । २०२६ सालमा भद्रगोल जेलमा निर्मल लामा, भक्तबहादुर श्रेष्ठ, कमल कोइराला आदिसहित हामी १५ जना राजबन्दी थियौँ । त्यो बेला करिब एक महिनासम्मको लामो छलफलपछि हामीले पार्टीको नेपाली काङ्ग्रेससम्बन्धी पुरानो विश्लेषणलाई बदलेर नयाँ विश्लेषण गरेका थियौँ ।
पहिले हाम्रो पार्टीले नेकालाई राष्ट्रिय पुँजीपति वर्गको पार्टी र त्यसैले त्यसलाई नयाँ जनवादी क्रान्तिको मित्रशक्तिको रूपमा विश्लेषण गरेको थियो तर भद्रगोल जेलको हाम्रो बैठकले नेपाली काङ्ग्रेस पनि राजासरह सामन्त, दलाल र नोकरशाही पुँजीपति वर्गको पार्टी भएको विश्लेषण गर्यो । त्यसलाई प्रतिक्रियावादी र दुस्मन शक्तिका रूपमा व्याख्या गर्यो । त्यो बेला खालि निर्मल लामा मात्र त्यो विश्लेषणसित सहमत हुनुहुँदैनथ्यो तर पछि केन्द्रीय न्युक्लियसका दस्तावेज तयार पार्ने सिलसिलामा उहाँ पनि हाम्रो त्यो विश्लेषणसित सहमत हुनुभएको थियो ।
नेकासम्बन्धी हाम्रो नयाँ विश्लेषणका कारणले पुष्पलालले हामीमथि तीव्र आक्रमण गर्न थाल्नुभयो । म जेलमा भएको बेलामा नै उहाँले मेरा विरुद्ध कैयौँ आक्षेप लगाउन थाल्नुभयो । म जेलबाट छुटेपछि मैले राजासित पैसा लिएर छुटेको भन्नेसमेत आक्षेप लगाउन थाल्नुभयो । उहाँका सङ्कलित रचनामा मेरा विरुद्ध लगाइएका कैयौँ आरोप पनि प्रकाशित भएका छन्, जसबारे मैले पछि प्रकाश हाल्ने छु ।
नेपाली काङ्ग्रेसबारे पुष्पलालसित चर्केको मतभेदको पृष्ठभूमिमा नै मेरो “गद्दार पुष्पलाल” भन्ने पुस्तक प्रकाशित भएको थियो । हाम्रो पार्टीले पछि पुष्पलाललाई “गद्दार” भन्ने विश्लेषणलाई फिर्ता लिएको थियो र त्यो पुस्तक “क्रान्ति वा भ्रान्ति” भन्ने शीर्षकले प्रकाशित गरिएको थियो ।
जेलबाट छुट्नेबारे मनमोहन र शम्भुरामसित मेरो मतभेद भयो । उहाँहरू पञ्चायती व्यवस्था “जीवित सत्य” हो भन्ने वक्तव्य दिएर छुट्न तयार हुनुभयो तर त्यस प्रकारको कुनै पनि शर्त मानेर जेलबाट छुट्ने कुरामा मेरो मतभेद भयो । त्यसबारे मनमोहन अधिकारीलाई आफ्नो भिन्न मत प्रकट गरेर मैले पठाएका पत्र चार दसकको दोस्रो भागमा प्रकाशित भएका छन् ।
जेलबाट छुटेपछि शेख मुजिबुर रहमानको नेतृत्वमा बङ्गलादेशमा चलेको मुक्ति आन्दोलनबारे मनमोहन अधिकारीसित मेरो मतभेद भयो । मैले बङ्गलादेशको मुक्ति आन्दोलनलाई समर्थन गरेर सार्वजनिक रूपमा नै मत प्रकट गरेँ तर त्यो बेला चीनको पार्टी, भारतका सबै माक्र्सवादी–लेनिनवादी पार्टीसमेतले बङ्गलादेशको मुक्ति आन्दोलनलाई विरोध गरिरहेका थिए । चीनको पार्टीको लाइनलाई अनुसरण गर्दै संसारका अन्य माक्र्सवादी–लेनिनवादी पार्टीले पनि बङ्गलादेशको मुक्ति आन्दोलनलाई विरोध गरिरहेका थिए ।
त्यसअनुसार नै मनमोहन अधिकारीले पनि बङ्गलादेशको मुक्ति आन्दोलनको विरोध गर्नुभएको थियो तर मैले त्यो आन्दोलनको समर्थनमा नै आफ्ना विचार बाहिर ल्याएको थिएँ ।
केन्द्रीय न्युक्लियस बनेपछि त्यसका दस्तावेज तयार पार्ने सिलसिलामा मनमोहन अधिकारी र शम्भुरामसित हाम्रा नयाँ प्रकारका मतभेद देखा परे । मनमोहन अधिकारीको नेपाली काङ्ग्रेससम्बन्धी नयाँ विश्लेषण र माओत्सेतुङ विचारधारालाई समर्थन गर्ने हाम्रा अवधारणासित उहाँको सहमति थिएन । शम्भुरामको राजनीतिक स्वतन्त्रता, मौलिक अधिकार, पार्टीमाथिको प्रतिबन्ध हटाउने आदि विचारसित मतभेद थियो । त्यसै गरेर पार्टीका गतिविधि बढाएर लैजाने कुरामा पनि उहाँको मतभेद थियो । उहाँको जोड के कुरामा थियो भने त्यसो गर्दा पार्टी कानुनी माक्र्सवादको बाटोमा जान्छ ।
वास्तवमा उहाँले एक वा अर्काे प्रकारले राजा र पञ्चायती व्यवस्थाप्रति अपेक्षाकृत नरम दृष्टिकोण राख्नुहुन्थ्यो । उहाँको त्यस प्रकारको दृष्टिकोणको परिणाम यो भयो कि उहाँलाई जिम्मा दिएको विद्यार्थी आन्दोलनलाई उहाँले सम्झौतामा टुङ्ग्याउनु भयो र त्यही कारणले मनमोहन अधिकारीसहितको सर्वसम्मतिले उहाँलाई न्युक्लियसबाट निष्काशित गर्ने निर्णय गरिएको थियो ।
न्युक्लियस बनेपछि पुष्पलालसित नेपाली काङ्ग्रेसको विश्लेषषबारे हाम्रा कैयौँ मतभेद भए पनि माआत्सेतुङ विचारधारालाई उहाँले समर्थन गरेको हुनाले उहाँलाई पनि न्युक्लियसमा सामेल गर्नुपर्छ भन्ने हाम्रो सोचाइ थियो । त्यसबारे उहाँसित कुरा गर्न शम्भुराम विराटनगरको नजिकै पर्ने भारतको फर्मेशगन्ज र मनमोहन अधिकारी बनारसमा जानुभएको थियो तर उहाँ न्युक्लियसमा सामेल हुन तयार हुनुभएन । उहाँको जोड यो कुरामा थियो कि न्युक्लियसमा भएका हामी सबै जना उहाँले नेतृत्व गरेको सङ्गठन समितिमा सामेल हुनुपर्दछ । त्यसरी उहाँसित पार्टीएकताको हाम्रो प्रयत्न सफल हुन सकेन ।
तुल्सिलालले सोभियत संशोधनवादी लाइनलाई समर्थन गर्नुभएको थियो । त्यसैले हामीले उहाँसित पार्टीएकताका लागि पहलकदमी नै गरेनौँ ।
न्युक्लियसले तयार पारेका दस्तावेजबारे मनमोहन अधिकारीसित गम्भीर प्रकारका मतभेद थिए । काठमाडौँको नरदेवीमा भएको बैठकमा ती मतभेदबारे विस्तृत रूपले छलफल भएको थियो । ती मतभेदलाई चौथो महाधिवेशनमा गएर नै टुङ्ग्याउने सहमती भएको थियो (त्यो बेला न्युक्लियसले पारित गरेका सबै दस्तावेज “रातो तरबार” को दोस्रो भागमा दिइएका छन्) ।
केन्द्रीय न्युक्लियसको नरदेवीमा बसेको बैठकले नै २०३० सालको फागुनमा सिराहामा पार्टीको चौथो महाधिवेशन गर्ने निर्णय गरेको थियो । पछि बनारसमा पुष्पलाललाई र पटनामा विपी कोइरालालाई भेटेर आएपछि मनमोहन अधिकारीले सार्वजनिक रूपमा नै हामीले चौथो महाधिवेशन गर्न थालेको र हाम्रा विचारसित उहाँका सहमति नभएको कुरा बाहिर ल्याउनुभयो । त्यसपछि न्युक्लियसको ‘अर्जेन्ट’ बैठक सिराहामा जयगोविन्द साहको घरमा बसेको थियो । त्यो बैठकले सिराहामा गर्ने ठेगान भएको महाधिवेशनलाई २०३१ सालको असारमा बनारसमा गर्ने निर्णय गर्यो । त्यो बैठकले निर्मल लामा, जयगोविन्द शाह, भक्तबहादुर श्रेष्ठ, चित्रबहादुर केसी, भरतमोहन, कमल कोइराला आदि सबैको सर्वसम्मतिले पार्टीको गोप्यता अर्थात् चौथो महाधिवेशनको कुरा बाहिर लगेको आरोपमा मनमोहन अधिकारीलाई केन्द्रीय न्युक्लियसबाट निष्काशित गर्ने निर्णय गर्यो । त्यो बैठकले सर्वसम्मतिले नै बनासरमा चौथो महाधिवेशन गर्ने निर्णय गरेको थियो तर भरतमोहन, कमल कोइराला तथा काठमाडौँ र पाटनका साथीहरू चौथो महाधिवेशनमा भाग लिन बनारस आउनुभएन । त्यसरी उहाँहरूसितको हाम्रो सम्बन्ध टुट्यो ।
चौथो महाधिवेशनपछि पञ्चायती चुनावमा भाग लिने प्रश्नमा निर्मल लामासित हाम्रा मतभेद देखा परे । त्यो मतभेदबारे विचार गर्न पार्टीका केन्द्रीय कमिटीका कतिपय बैठकका साथै पार्टीका कतिपय भेला, प्लेनम आदि भए । ती सबै कार्यक्रममा लामाजी अल्पमतमा पर्नुभयो र पञ्चायती चुनावमा भाग लिने उहाँको प्रस्ताव लगातार अस्वीकृत भयो ।
जलजलासितको प्रेम प्रकरणमा म कारबाहीमा परेपछि निर्मलजी पार्टीको महामन्त्री बन्नुभयो । त्यस बेला पनि केन्द्रीय कमिटी र उहाँका बिचमा कैयौँ मतभेद देखा परे तर ती मतभेदसित म सम्बन्धित थिइनँ । त्यसैले म त्यसबारे छलफल गर्नपट्टि लागिँन । एउटा मतभेदसित म पनि सम्बन्धित थिएँ । त्यसैले त्यसबारे केही प्रकाश हाल्न आवश्यक ठान्दछु ।
लामाजीले केन्द्रीय समितिको एउटा बैठकमा केन्द्रीय समितिका सदस्य २५ प्रतिशतको हिसाबले थप्दै लैजान सकिन्छ भन्ने प्रस्ताव ल्याउनुभएछ । केन्द्रीय समितिमा आफ्नो प्रस्ताव पारित भएर २५ प्रतिशत सदस्य थपिएछन् पनि । त्यो बेला म पार्टीबाट कारबाही भएर केरलामा थिएँ । २५ प्रतिशतको कुरा थाहा पाएपछि मैले त्यसो गर्नु गलत हो भनेर पत्र लेखेर पठाएँ । पछि पार्टीले भाइचारा पार्टीसित पनि त्यसबारे सोधेर पठाएछ । सबैतिरबाट महाधिवशेनले ठेगान गरेको सङ्ख्यामा त्यसरी पछि थप्न नपाइने जवाफ आएछ । त्यसपछि थपिएका केन्द्रीय समितिका सबै सदस्यलाई ल्याउने काम गरिएछ ।
पछि ‘लुजटक’ को आरोपमा निर्मलजीलाई महान्त्री पद र केन्द्रीय समितिबाट समेत हटाइएछ र उहाँको ठाउँमा भक्तबहादुरजी महामन्त्री बन्नुभएछ । त्यो बेला पनि म केरलामा नै थिएँ ।
भक्तबहादुर महामन्त्री भएको बेलामा केन्द्रीय समितिमा कैयौँ विषयमा मतभेद बढेर गएछन र केन्द्रीय समितिका ६ जना सदस्यले केन्द्रीय समितिबाट राजीनामा दिनुभएछ । त्यो राजीनामालाई सार्वजनिक रूपमा प्रकाशित पनि गरिएछ । त्यो राजीनामाका कारणले पार्टीमा फुटको गम्भीर स्थिति तयार भयो । त्यसबारे विचार गर्न २०४० सालमा गोरखपुरमा एउटा सम्मेलन भयो । त्यो सम्मेलनमा लामाजी पनि आउनुभएको थियो ।
त्यो सम्मेलनमा हामीले केन्द्रीय समितिबाट राजीनामा दिएर त्यसलाई वक्तव्यद्वारा सार्वजनिक गर्ने कार्य गम्भीर प्रकारको अनुशासनविहीनता भएको हुनाले उहाँहरूमाथि कडा कारबाही अर्थात पार्टीबाट निष्काशन नै गर्नुपर्दछ भन्ने प्रस्ताव राख्यौँ । त्यो प्रस्तावमा लामाजीको मतभेद थियो । त्यसैले सम्मेलनले लामाजीसहित राजीनामालाई सार्वजनिक गर्ने र सबैलाई पार्टीबाट निष्काशित गर्ने निर्णय गर्यो । त्यसपछि उहाँहरूले नेकपा (चौथो महाधिवेशन) गठन गर्नुभयो ।
त्यो सम्मेलनले चित्रबहादुर केसीको नेतृत्वमा एउटा केन्द्रीय सङ्गठन समिति गठन गर्ने निर्णय गर्यो र अर्काे साल पार्टीको पाँचौँ महाधिवेशन गर्ने निर्णय पनि भयो ।
पार्टीको पाँचौँ महाधिवेशन २०४१ सालमा अयोध्यामा सम्पन्न भयो । महाधिवेशनका लागि दस्तावेज तयार पार्ने सिलसिलामा पार्टीमा भक्तबहादुरको नेतृत्वमा ‘मध्यपन्थी’ अवसरवाद देखा परेको भन्ने प्रस्ताव हामीले तयार पारेका थियौँ । त्यसबारे केन्द्रीय समितिमा बराबर मत थियो । रामसिंह पनि हाम्रै मतको पक्षमा हुनुहुन्थ्यो तर पछि उहाँ हाम्रो मतको विरुद्ध जानुभयो । त्यसले गर्दा एक मतले हामी अल्पमतमा पर्यौँ । त्यसअनुसार नै पाँचौँ महाधिवेशनमा पनि हामी अल्पमतमा पर्यौँ ।
पाँचौँ महाधिवेशनमा धेरैजसो मैले लेखेका दस्तावेज नै पारित भएका थिए तर राजनीतिक प्रतिवेदनमा मध्यपन्थी लेखिएको प्रस्ताव अल्पमतमा पर्यो र पारित हुन सकेन । त्यसका साथै ममाथि मेरो चरित्रसम्बन्धी आरोप लगाएर ६ महिनाका लागि पार्टीसदस्यबाट निलम्बन गरियो । त्यो निर्णयपछि म महाधिवेशनको हल छोडेर बाहिर निस्कनुपर्यो । त्यसको परिणामस्वरूप म केन्द्रीय समितिमा पनि चुनिन पाइनँ ।
महाधिवेशनमा मोहन वैद्यको नेतृत्वमा नयाँ केन्द्रीय समिति गठन भयो । त्यो केन्द्रीय समितिले श्रीलङ्काको तामिल आन्दोलनसमेत कतिपय विषयमा महाधिवेशनले गरेका निर्णयमा तोडमोड गरेर दस्तावेज प्रकाशन गर्यो । त्यसरी गरिएका तोडमोडलाई महाधिवेशनको निर्णयअनुसार सच्चाउन अनुरोध गर्दा महाधिवेशनद्वारा निर्वाचित केन्द्रीय समितिले त्यो अनुरोधलाई स्वीकार गरेन । त्यसपछि पार्टी दुई फ्याकमा विभाजित भयो ।
यहाँ यो उल्लेखनीय छ कि महाधिवेशनभन्दा पहिले फ्रान्समा रिमको स्थापना भएको थियो । त्यो सम्मेलनमा भाग लिन हाम्रो पार्टीको तर्फबाट म प्रतिनिधि भएर गएको थिएँ । त्यो सम्मेलनमा आर.सी.पी. युएसएसित हाम्रो तीव्र मतभेद भएको थियो । त्यो पाँचौँ महाधिवेशनमा रिमबाट पनि भाइचारा प्रतिनिधि आएका थिए । उनीहरूले पनि महाधिवेशनका दस्तावेजमा परिवर्तन गराउन पाँचौँ महाधिवेशनमा निर्वाचित केन्द्रीय समितिमाथि धेरै दबाब दिएका थिए । रिमले श्रीलङ्काको तामिल आन्दोलनबारे त्यहाँ तामिलको स्वतन्त्र राज्य हुनुपर्छ भन्ने मत राखेको थियो तर त्यो मतसँग हाम्रो मतभेद थियो । त्यसैले महाधिवेशनको निर्णयलाई उनीहरूले आफ्नो मान्यताअनुसार बदल्न लगाएका थिए ।
हाम्रो पार्टी ‘मोटो’ र ‘पातलो’ मसालमा विभाजित भए पनि रिमको स्थापनाकालदेखि नै त्यसको सदस्य थियो । पाँचौँ महाधिवेशनपछि हाम्रो पार्टी विभाजित भएपछि वैद्य नेतृत्वको मसाल पनि रिममा सामेल भएको थियो ।
हाम्रो रिमको कमिटीसित तीव्र मतभेद थियो । खास गरेर उनीहरूले माओत्सेतुङ विचारधाराका ठाउँमा ‘माओवाद’ मान्न थालेपछि उनीहरूसित हाम्रो मतभेद तीव्र भएको थियो । स्टालिनको प्रश्नमा पनि हाम्रो उनीहरूसित तीव्र मतभेद पैदा भयो । उनीहरूले नेपालमा तुरुन्त नै सशस्त्र सङ्घर्ष गर्ने कुरामा जोड दिएका थिए । त्यसबारे पनि हाम्रो उनीहरूसित मतभेद थियो । पोखरामा भएको रिमको विस्तारित बैठकमा उक्त सबै प्रश्नमा हाम्रो रिमसित तीव्र मतभेद भयो । प्रचण्डले सबै विषयमा रिमको नीतिलाई समर्थन गरे ।
त्यो विस्तारित बैठकमा प्रचण्ड र सिपी गजुरेलहरू ‘मोटो’ मशालको तर्फबाट प्रतिनिधि भएर गएका थिए । त्यो विस्तारित बैठकमा हाम्रो पार्टीको तर्फबाट म प्रतिनिधि हुनुका साथै दुर्गा पौडेल, डिलाराम र नारायण योगीहरू पनि स्वयम्सेवक भएर जानुभएको थियो ।
पोखराको विस्तारित बैठकपछि रिमले हाम्रो पार्टीलाई निष्काशित गरेको थियो ।
पार्टीको छैटौँ महाधिवेशनपछि एकताकेन्द्रसित पार्टीएकता गर्ने निर्णय भयो । हाम्रो पार्टीको एउटा सम्मेलनले दुर्गासितको मेरो विवाहलाई गलत ठहर्याएको थियो । त्यसपछि मैले पार्टीको महामन्त्री पदबाट राजीनामा दिएको थिएँ र रामसिंह श्रीस हाम्रो पार्टीको महामन्त्री बन्नुभएको थियो ।
यो उल्लेखनीय छ कि दुर्गासितको मेरो विवाह केन्द्रीय समितिको निर्णयअनुसार नै भएको थियो तर त्यो निर्णय गर्ने बेलामा चित्रबहादुर केसी उपस्थित हुनुहुँदैनथ्यो । पछि उहाँले हाम्रो विवाहको विरोध गर्नुभयो र त्यसबारे खुला छलफलको माग गर्नुभयो । त्यसपछि हाम्रो विवाहबारे सार्वजनिक रूपमा नै छलफल चल्यो तर पछि भएको एउटा सम्मेलनमा उहाँले हाम्रो विवाहको पक्षमा मत प्रकट गर्नुभयो र उहाँले हाम्रो विवाहलाई गलत ठहर्याउने निर्णयलाई फिर्ता पनि लिनुभयो ।
चित्रबहादुर केसी र मेराबिचमा कैयौँ पल्ट तीव्र मतभेद पनि देखा पर्ने गरेका छन् । हामीले संसदीय चुनावको बेलामा त्यसको उपयोग गर्ने पक्षमा विचार प्रकट गरेका थियौँ । केन्द्रीय कमिटीमा उपयोगको पक्षमा बहुमत भएको थियो भने सम्मेलनमा बहिष्कारको पक्षमा बहुमत भएको थियो तर पार्टीको सम्मेलनले चुनावको बहिष्कार गर्ने निर्णय गरेपछि उहाँले अनुशासित रूपले बहिष्कारकै पक्षमा प्रचारमा लाग्नुभएको थियो । मेरो जलजलासितको प्रेम प्रकरणमा पनि उहाँले तीव्र विरोध गर्नुभएको थियो । त्यसरी उहाँ र मेराबिचमा कैयौँ पल्ट तीव्र मतभेद देखा परे पनि हामीले एकताबद्ध भएर साथसाथै पार्टीको काम गर्दै आएका छौँ । एकता र सङ्घर्षका बिचको द्वन्द्वात्मक सम्बन्धको त्यो एउटा आदर्श उदाहरण हो ।
डा. बाबुराम भट्टराई, विकास, मिनबहादुर आदिले पनि पार्टी सम्मेलनको बेलामा बहिष्कारको पक्षमा नै मत प्रकट गर्नुभएको थियो तर पछि उहाँहरूले चुनावको उपयोगको पक्षमा विचार प्रकट गर्दै एकताकेन्द्रसित एकता कायम गर्नुभयो र एउटा चुनावी मोर्चा बनाएर चुनावमा भाग लिन पुग्नुभयो ।
केही समयपछि एकताकेन्द्र र हाम्रोपार्टीको बिचमा पार्टीएकता भयो । त्यसपछि म पार्टीको महामन्त्री र प्रकाश अर्थात् नारायणकाजी श्रेष्ठ सहमहामन्त्री बन्नुभएको थियो तर छिट्छै एकताकेन्द्रसित हाम्रो तीव्र मतभेद भयो । खास गरेर माओवादीलाई हेर्ने प्रश्नमा हाम्राबिचमा धेरै मतभेद उत्पन्न भएको थियो । अन्तमा एकताकेन्द्रले माओवादीसित मिल्ने निर्णय गर्यो र हामीले सातौँ महाधिवेशनद्वारा नेकपा (मसाल) पुनस्र्थापना गरेर काम गर्न थाल्यौँ ।
दिनानाथ शर्मा लामो समयसम्म हाम्रो पार्टीको केन्द्रीय समितिमा हुनुका साथै उहाँ पार्टीको प्रवक्ता पनि हुनुहुन्थ्यो । पछि उहाँले हाम्रो पार्टीबाट अलग भएर ‘नेकपा मसाल’ को नामले बेग्लै पार्टी गठन गर्नुभयो र त्यो छिट्टै माओवादीसित मिल्न पुग्यो ।
एकताकेन्द्रसित हाम्रो पार्टीको एकता भएपछि—जस्तो कि माथि उल्लेख गरियो—छिट्टै एकताकेन्द्रसित हाम्रो तीव्र सङ्घर्ष चल्न थाल्यो ।
यसरी उनीहरूसित हाम्रो तीव्र सङ्घर्ष चलिरहेको बेलामा रामसिंहको नेतृत्वमा एउटा तेस्रो, तटस्थ वा मध्यमार्गी धार निर्माण भयो ।
एकताकेन्द्रसित हाम्रो सम्बन्ध टुट्यो । रामसिंहहरूले एउटा बेग्लै समूह निर्माण गर्नुभयो । पछि त्यो समूह माओवादी समूहबाट अलग भएर बनेको मोहन वैद्यको नेतृत्वमा बनेको माओवादी समूहसित मिल्न पुग्यो ।
पार्टीको सातौँ महाधिवेशनपछि हाम्रो पार्टीबाट कैयौँ ग्रुप अलग हुँदै गए । डिलाराम र गिरधारीको एउटा ग्रुप अलग भएर त्यसले ‘नेकपा मसाल’ को गठन गर्यो र पछि छिट्टै त्यो माओवादीसित मिल्न पुग्यो । त्यही प्रकारले केशव नेपाल, मेघराज ज्ञवाली आदिले पनि हाम्रो पार्टीबाट अलग भएर ‘नेकपा मसाल’ गठन गर्दै गए र माओवादीमा मिल्दै गए ।
आठौँ महाधिवेशनको समयमा विमल शर्माको नेतृत्वमा एउटा ग्रुपले पार्टीमा अराजकवादी र अनुशासनविहीन तरिका अपनाए ।
उनीहरूले करिब दुई वर्षसम्म गोप्य रूपले पार्टीकब्जा गर्ने प्रयत्न गरे । अहिलेसम्म पार्टीमा भएका सबै फुटभन्दा त्यसले अपनाएको तरिका एकदम बेग्लै र सिद्धान्तहीन प्रकारको थियो । अन्य पक्ष पार्टीबाट अलग भएपछि उनीहरूले घोषित रूपले नै बेग्लै ग्रुप बनाएर काम गर्न थालेका थिए । कमसेकम त्यस अर्थमा उनीहरूले इमानदारिता देखाएका थिए तर विमल शर्माको समूहले पार्टीको विरोध गर्न थालेपछि पनि गोप्य रूपले पार्टीभित्रै बसेर गुटबन्दी गर्ने र पूरै पार्टीमा कब्जा गर्ने प्रयत्न गरेको थियो । उनीहरूको त्यो प्रयत्न असफल भयो र अन्तमा उनीहरूले पनि पहिले पार्टीबाट फुटेर जाने अन्य पक्षले जस्तै ‘नेकपा मशाल’ गठन गरेर काम गरिरहेका छन् । यो आउने दिनमा नै थाहा हुने छ : उनीहरूले पहिले पार्टीबाट फुटेर जाने अन्य पक्षले जस्तै पछि ‘मशाल’ लाई परित्याग गर्ने छन् वा त्यसलाई कहिलेसम्म कायम राख्ने छन् ?
वास्तवमा नेपालको कम्युनिस्ट आन्दोलनमा मसालको गौरवमय इतिहास छ । त्यसैले त्यो नामलाई आफ्नो नामसित जोड्ने प्रवृति सबै फुटपरस्त तत्त्वमा पाइन्छ ।
आठौँ महाधिवेशनपछि विमल शर्माको नेतृत्वमा पार्टीबाट फुटेर गएका फुटपरस्त तत्त्वले पहिले सशस्त्र सङ्घर्ष, गुरिल्ला युद्ध वा लडाकु दस्ता गठनको कुरा गरेका थिए तर अब उनीहरूले प्रकट रूपले नै प्रतिगमनउन्मुख राजनीतिक दिशा समातेका छन् । त्यसले गर्दा उनीहरूले देशमा विद्यमान गणतन्त्रको विरोध गर्दछन् तर देशमा प्रतिगमनको खतरा भएको कुरालाई अस्वीकार गर्दछन् । त्यसरी उनीहरूले प्रकट रूपमा नयाँ जनवादी गणतन्त्रको कुरा गरे पनि व्यवहारमा प्रतिगमनको सेवा गर्ने काम गरिरहेका छन् ।
यसरी हामीले दसकौँदेखि पार्टीभित्र कडा अन्तरसङ्घर्षको सामना गर्दै आउनु परेको छ । हाम्रो पार्टीमा सर्वप्रथम, राजावादी भड्कावसित सङ्घर्ष सुरु भयो र राजावादी असरमा परेर पार्टीका कैयौँ नेता वा कार्यकर्ता राजा वा पञ्चायतको पक्षमा मिल्दै गए ।
देशमा पञ्चायती व्यवस्था कायम भएपछि हाम्रा हजारौँ नेता र कार्यकर्ता पञ्चायतमा सामेल हुँदै गए । पछि काङ्ग्रेसको विश्लेषणबारे पार्टीमा मतभेद देखा परेपछि काङ्ग्रेसपरस्त सोचाइले पनि हाम्रो पार्टीमा केही न केही असर पर्यो तर त्यसरी परेको असर एकदम न्यून थियो । नेपालका राजावादीले सोभियत संशोधनवादी सोचाइलाई समर्थन गरेका थिए तर त्यो सोचाइले पनि पार्टीमा धेरै असर पार्न सकेको थिएन ।
भारतमा नक्सलवाडी उग्र“वामपन्थी” को असरमा परेर नेपालमा झापाली समूह, कोअर्डिनेसन वा माले समूह गठन भयो । यो पछि एमालेमा बदलियो । माले समूहको असर पनि हाम्रो पार्टीमा धेरै पर्यो र हाम्रा कार्यकर्ताहरू ठुलो सङ्ख्यामा त्यसमा मिल्न गएका थिए । त्यो समूहले अपनाएको उग्र“वामपन्थी” भड्कावका विरुद्ध हामीले कडा सैद्धान्तिक र सङ्गठनात्मक सङ्घर्ष गर्नुपरेको थियो ।
रिमसित पनि हामीले खुला सैद्धान्तिक सङ्घर्ष गर्नुपरेको थियो । माओवादीले रिमको नीतिलाई अपनाएर नेपालमा सशस्त्र सङ्घर्ष सुरु गरेका थिए । जस्तो कि माथि उल्लेख गरियो, उनीहरू हाम्रो पार्टीबाट अलग हुँदै माओवादीमा मिल्दै गएका थिए ।
पहिले रुसको कम्युनिस्ट पार्टीको दक्षिणपन्थी संशोधनवादी रूपमा पतन भएपछि हामीले त्यसका विरुद्ध धेरै सङ्घर्ष गर्नुपरेको थियो ।
चीनमा प्रतिक्रान्ति भएपछि पनि हामीले त्यसका विरुद्ध कडा सङ्घर्ष गर्नुपरेको थियो । रिमले नवट्रास्कीवादी नीति अपनाएपछि हामीले त्यसका विरुद्ध पनि लामो अन्तरसङ्घर्ष गर्नुपरको थियो । बताइरहनुपर्ने आवश्यकता छैन कि भारतको नक्सलवाडी उग्र“वामपन्थी” गतिविधिका विरुद्ध पनि हामीले धेरै नै सैद्धान्तिक सङ्घर्ष गर्नुपरेको थियो ।
त्यसरी हाम्रो पार्टीको करिब आधा शताब्दीभन्दा बढी समयमा विभिन्न प्रकारका दक्षिणपन्थी, उग्र“वामपन्थी”, मध्यपन्थी वा “वामपन्थी” सङ्कीर्णवादी भड्काव वा सोचाइका विरुद्ध सङ्घर्ष गर्दै आउनुपरेको छ । त्योबाहेक देशको राजनीतिमा राजा, सङ्घीयता, प्रतिगमन वा अन्य विभिन्न प्रकारका दमनका विरुद्ध हाम्रो पार्टीले सङ्घर्ष गरेको इतिहास पनि लामो छ र अहिले पनि हामी त्यस प्रकारको सङ्घर्षमा छौँ । त्यस प्रकारको सङ्घर्षमा खारिएर नै हामीले एकातिर, पार्टीको क्रान्तिकारी चरित्रको रक्षा गर्न र अर्कातिर, देशमा वामपन्थी र प्रजातान्त्रिक आन्दोलनलाई अगाडि बढाउन सफल हुँदै आएका छौँ ।
मोहनविक्रम सिंह