शुक्रबार, मंसिर २१, २०८१

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

काठमाण्डौं । सहकारीको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन् । काठमाण्डौं स्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयवाट लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत कास्कीवाट पक्राउ अनुमति लिएर प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई पक्राउ गरेर पठाईदिन भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)लाई अनुरोध गरेको थियो ।

त्यस अनुसार ब्यूरोवाट खटिएका प्रहरी उपरीक्षक होविन्द्र बोगटी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो ।
लामिछानेलाइ शुक्रवारनै जिल्ला प्रहरी कार्यालय कास्की लैजाने तयारी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?