खलंगा प्यूठान जिल्लाको उत्तरीभेग गौमुखि गाउपालिकाको अर्खा देखि काठमाडौं सम्म रात्रिबस सेवा संचालन हुने भएको छ।
सोमबार स्वर्गद्वारी गौमुखि यातायात सेवा प्रा लि जुम्रीमा बसेको बैठकले अर्खा देखि काठमाडौ सम्म २६ सिट क्षमता भएको सुपरडिलक्स एसि बस सेवा संचालन गर्नेनिर्णय गरेको यातायात प्रा. लि.का अध्यक्ष चन्द्रमान श्रेष्ठले जानकारी दिनुभएको छ।
बैठकले अर्खा काठमाडौं बस सेवा सुचारु गर्न चारवटा बस संचालनमा ल्याउन इच्छुक ब्याबसायीलाई १० दिने सुचना प्रकासन गर्ने निर्णय भएको अध्यक्ष श्रेष्ठले बताउनु भएको छ।
बिगत ६,७ वर्ष देखि गौमुखीको ठुलाबेसीबाट रात्रिबस सेवा संचालन गरिएकोमा बाटो सुहाउँदो बस नहुदा निरन्तर संचालनगर्न नसकिएको, डिलक्स बस लामो बाटो साघुरोहुदा समस्या भएकोले छोटो हालको बाटो सुहाउँदो सुविधाजनक बस संचालन गर्न लागिएको यातायात प्रालिका प्रबन्धक कुमार श्रेष्ठले बताउनुभयो।
सबै प्रक्रिया पुरागरी आगामी २०८२ बैशाख महिनाको शुरुबाट रात्रिबस संचालनमा ल्याउने अध्यक्ष चन्द्रमान श्रेष्ठले बताउनुभयो।
पक्कीमा नेपाल सरकारले तोके बमोजिम र कच्ची सडकमा जिल्ला भाडादर समितिले निर्धारण गरे बमोजिम हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो।
गौमुखी वासी हाल रात्रिकालिन बस सेवाबाट बन्चित हुँदै आएकोमा आगामी दिनमा उक्त सेवा संचालनले सहजता हुने भएको छ ।
स्वर्गद्वारी गौमुखि यातायात सेवा प्रा. लि. मा लामोसमय कार्यलय प्रमुख रहेका घनश्याम घर्तीलाई सम्मान सहित बिधाई गर्दै अबको कर्यालय प्रमुखको जिम्मेवारी बिकास सुबेदीलाई पर्दान गरिएको यातायात प्रलीले जनाएको हो।