सोमवार, माघ २१, २०८१

निश्पक्ष उत्तरपुस्तीका परिक्षण नभएपछि परीक्षा रद्ध

झिमरुक । चन्द्रविकास प्राथमिक विद्याालयमा शिक्षक छनौटका लागि लिएको परिक्षा रद्ध गरिएको छ । परिक्षाको लागि खटिएका प्रतिनिधिले नै निश्पक्षरुपमा उत्तरपुस्तीका जाँच नगरेको भेटीएपछि परिक्षा रद्ध गरिएको हो ।

गाउँपालिकाले शिक्षक छनौटका लागि स्थानीय अमर प्राथमिक विद्यालयकी शिक्षिका माया पन्थीलाई शिक्षक प्रतिनिधिको रुपमा खटाएको थियो । तिनै पन्थीले उत्तरपुस्तीका जाँचको क्रममा एकजना परीक्षार्थीलाई गलत उत्तरमा समेत नम्बर दिएको पाईएपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर थापाले परिक्षा रद्ध गर्नुभएको हो ।

परिक्षामा स्थानीय चन्द्रकला खनाल र सोही विद्यालयमा विगत ८ वर्ष देखि नीजि स्रोतवाट अध्यापन गराउदै आएकी विष्णु जी.सी.प्रतिश्पर्धी रहेका थिए । स्रोतका अनुसार खनाललाई गलत उत्तरमा पनि अधिक प्राप्ताकं र जीसीलाई सहि उत्तरमा पनि निकै न्यूनतम अंक प्रदान गरिएको र उत्तर पुस्तीका हेर्दा प्रश्नपत्र नै बाहिरिएको आशंकामा परिक्षा रद्ध गरिएको हो ।

खनाल सोही वडाका वडा अध्यक्ष धुव्र खनालकी भतिजी समेत हुन । खनाललाई शिक्षक नियुक्त गर्न पालिका अध्यक्ष,वडा अध्यक्ष सहित परिक्षामा खटीएकी शिक्षक प्रतिनिधिको मिलोमतो रहेको स्थानीयको आरोप छ । तर, परिक्षामा आफने कुनै भूमिका नरहेको गाउँपालिका अध्यक्ष पित बहादुर महतराको भनाई छ । ‘परिक्षा अवधिमा कामविशेषले म जिल्ला बाहिर थिए,मिलोमतो केका लागि गर्ने ममाथीको आरोप निराधार छ’, उहाँले भन्नुभयो ।

शिक्षक प्रतिनिधिले नै गरेको यसखालको विभेदले आफू अचम्मीत रहेको प्रतिस्पर्धी विष्णा जि.सींको भनाई छ । बिहान दश बजे परिक्षाका लागि बोलाईए पनि साझपख मात्रै परिक्षा भएको उहाँले बताउनुभयो । ‘परिक्षाको परिदृश्य देख्दानै राजनीति तथा पारिवारिक संरक्षण भएको जस्तो फिल भएको थियो’ जी.सी.ले भन्नुभयो, ‘पछि जुनकुरा सुने म अचम्मित छु ।’ पावर र शक्तिका कारण आफू पछाडी परेको उहाँको भनाई छ ।

‘लामो समय सोही विद्यालयमा पढाएको अनुभव छ । अग्रेजी विषयवाट विएड पासको सर्टिफिकेट र माध्यमिक तहको लाईसेन्स समेत छ’जीसीले भन्नुभयो ‘तर पावर र शक्तिका अगाडी सवै ओझेल पर्दोरहेछ ।’ घटनाले आफूमा आत्मगलानी महसुस भएको उहाँको भनाई छ ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखा प्रमुख संग एस बिषयमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?