बुधबार, माघ २३, २०८१

गौमुखी पाँच नम्बर वडाले गर्यो बिधालय र विद्यार्थीलाई सम्मान

प्युठान गौमुखी गाउँपालिका ५ नम्बर वडा कार्यालय खुङले पाचौं राष्ट्रपति कप रनिङ्ग शिल्ड प्रतियोगितामा वडाका दुईवटा बिधालयले प्रथम र तृतीय स्थान हासिल गरेकोमा छुट्टाछुट्टै एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

गौमुखी गाउँपालिका पाँचको गौमुखी माध्यमिक बिधालय ठुलावेसीले १२ स्वर्ण,७ रजत र ६ कास्य सहित प्रथम, जनसहयोगी माध्यमिक बिधालय खुङ्गले ३ स्वर्ण,४ रजत र ५ कास्यसहित तृतीय स्थान हासिल गरेका हुन।

बिजेता हुने दुई बिधालयलाई उर्जा तथा हौसला स्वरुप वडा कार्यालयको तर्फबाट बिधालय, खेलप्रेमी शिक्षक र विभिन्न बिधामा बिजेता खेलाडी विद्यार्थीलाई प्रमाणपत्र सहित सम्मान गरिएको वडा अध्यक्ष बरुनध्वज मल्लले बताउनुभयो।

गौमुखी गाउँपालिकाका सातवटा बिधालय मध्य आफ्नो वडाका दुई बिधालय प्रथम र तृतीय स्थान हासिल गर्दा हामी वडाबासी सबै खुसी भएका छौँ यो उपलब्धि हासिल गर्न सबैको उत्तिकै महत्त्वपूर्ण भुमिका छ”। आगामीदिनमा थप प्रगतिको लागि शुभकामना समेत प्रदान गर्नुभएको थियोे ।

खेलकुदले मानिसलाई निरोगी , तन्दुरुस्त र अनुशासनमा महत्त्वपूर्ण भुमिका रहने हुँदा खेलकुद प्रति सबैको सकारात्मक ध्यान जान जरुरी रहेको अध्यक्ष मल्लले उल्लेख गर्नुभयो।
हामी खेल क्षत्रको वृद्धि बिकासका लागी वडाकार्यालय सदैव तयार रहेको उहाँको भनाई छ।
गौमुखी गाउँपालिकाको आयोजनामा माघ ११,१२ र १३ गते तिनदिन सम्म संचालन भएको राष्ट्रपतीकप रनिङ सिल्ड कार्यक्रममा द्वितीय स्थान खरा माध्यमिक बिधालय रजवाराले हासिल गरेको हो।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?