प्युठान गौमुखी गाउँपालिकामा १ हजार ४४८ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन लागिएको छ ।
आइतबार गौमुखी गाउँपालिकाको सभाहलमा पालिका स्तरीय खोप समन्वय समितिका अध्यक्ष बिष्णु कुमार गिरीको अध्यक्षतामा समन्वय समितिका पदाधिकारी, सरोकारवाला निकायबिच अभिमुखीकरण कार्यक्रमको आयोजनागरि खोप संचालन सम्बन्धि निर्णय भएको स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद जैसीले बताउनुभयो।
उहाँले यहि माघ २२ गतेदेखि २६ गतेसम्म प्रभावकारी रुपमा खोप अभियान संचालन गरि सप्पन्न गर्ने निर्णय भएको जैसीले बताउनुभयो।
कक्षा ६ देखी १० कक्षासम्म अध्ययन गर्ने १ हजार ४४८ जना र समुदायमा रहेका १० देखि १४ वर्ष उमेर सम्मका ३० जनालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद जैसीले जानकारी दिनुभयो ।
पालिकाको १७ वटा विद्यालयमा र ७ वटा स्वास्थ्य संस्थामा खोप केन्द्र तय गरिएको छ।
पाठेघरको मुखको क्यान्सर हुन बाट बचाउन सरकारले तीन चरणको रणनीति बनाएको छ । पहिलो चरणमा खोप, दोस्रो चरणमा परीक्षण र तेस्रो चरणमा उपचार बिधीलाई लिएको छ।
परीक्षण बिधीलाई प्रभावकारी बनाउन सकेमा पाठेघरको मुखको क्यान्सरबाट हुने मृत्युदरलाई कमगर्न सकिने शाखा प्रमुख जैसीले बताउनुभयो ।
शतप्रतिशात लक्ष्यित संख्यालाई खोप लगाउने, ३० देखी ४९ वर्ष उमेर समुहका महिलालाई पाठेघर मुखको क्यान्सर परीक्षण गर्न साकिने शाखा प्रमुख हरि प्रसाद जैसीले बताउनुभयो ।
सन २०३० सम्म ९० प्रतिशत पुर्याउने लक्ष्य राज्यको रहेको छ । गौमुखी गाउँपालिकाले बिगत वर्षदेखि समुदायमा गएर परीक्षण सेवा दिदै आएको गौमुखी गाउँपलिका स्वास्थ्य शाखाका जनस्वस्थ्य निरीक्षक केशव बहादुर केसीले जानकारी दिनुभयो।
खोप अभियानमा पालिका तथा वडा स्तरीय खोप समन्वय समिति, स्वास्थ्यकर्मी, स्वयंसेवीका, फोकल शिक्षकहरु परिचलित भइ खोपअभियान सफलपार्ने जनस्वास्थ्य निरीक्षक केसीले बताउनुभयो।