प्युठान गौमुखी गाउँपालिकाको ठुलाबेसी कुर्लाचौरमा खेलमैदान निर्माणका लागि लुम्बिनी प्रदेश सरकारलाई आवस्यक बजेट माग गरिएको छ।
ठुलाबेसी सामुदायिक बिकास मंचले गौमुखी गाउँपालिकाको केन्द्रबिन्दुमा पालिका स्तरीय खेलकुद मैदान नभएको र खेलकुद लगाएतका ठुला कार्यक्रमहरु संचालन गर्न अप्ठ्यारो परिरहेको परिस्थितिलाई मध्यनजर गर्दै संस्थाले लामो प्रयास पछि ठुलाबेसी सामुदायिक बिकास मंचको नाममा कुरिलाचौरमा खेलमैदानको लागी संस्थाको नाममा करिब ७ रोपनी जग्गा प्राप्त गरेको छ।
कुर्लाचौरमा गतवर्ष देखी खेलकुद मैदानमा राष्ट्रपति रनिङसिल्ड, दशै तिहार बिशेष खेलकुद तथा सास्कृतिक कार्यक्रम संचालन हुँदै आएको संस्थाका उपाध्यक्ष अशिम न्यौपानेले बताउनुभयो।
गौमुखी गाउँपालिकाको सबैलाई पाएकपर्ने स्थानमा खेलमैदान रहेको र खेलकुद सम्बन्धि हरेक गतिविधि संचालन गर्नका लागि मैदानलाई दीर्घकालीन तथा ब्याबस्थित गराउन खेलमैदान निर्माण, सौचालय निर्माण, खानेपानी, आवस्यक भवन र नदि नियन्त्रण गर्न आवस्यक बजेट बिनियोजनका लागी लुम्बिनी प्रदेश सरकारका खानेपानी तथा सहरी बिकास मन्त्री सरोज थापा रोज राणालाई मागपत्र मार्फत अनुरोध गरिएको छ।
ठुलाबेसी सामुदायिक बिकास मंचका अध्यक्ष केशव बहादुर केसी उपाध्यक्ष अशिम न्यौपानेले मन्त्रीलाई माग पत्र पेश गर्नुभएको हो।
गौमुखी गाउँपालिकाले संचालन गरेको राष्ट्रपति रनिङसिल्ड कार्यक्रम उद्घाटन गर्न आएका मन्त्रीलाई बजेटको ब्यबस्थाको लागि मागपत्र पेश गरिएको संस्थाका अध्यक्ष केशव बहादुर केसीले जानकारी दिनुभयो।
मागपत्र बुझ्दै शहरी बिकास मन्त्री सरोज थापाले आफ्नो मन्त्रालय र सरोकार राख्ने मन्त्रालयमा समन्वय गरि सहयोगका लागि पहल गर्ने बताउनु भएकोछ।
कुर्लाचौर खेलमैदानमा राष्ट्रपति रनिङ सिल्ड संचालन भएको छ। यो खेलमैदानलाई ब्यबस्थित गुणस्तरीय बनाउन सकेमा खेल क्षत्रमा राम्रो उपलब्धि हासिल गर्नसकिने खेलकुद प्रेमीहरिले बताएका छ्न।