बुधबार, माघ २३, २०८१

खुङ्ग हत्या काण्ड ः घटनामा संलग्न दुई पक्राउ

प्यूठान । गौमुखी गाउँपालिका–५ खुङ्ग का ६९ वर्षिय चिन्तामणी उपाध्यायको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँका जेदु न्यौपाने र लोकेन्द्र गिरिलाई पक्राउ गरेको प्यूठान प्रहरी प्रमुख दिपक वस्यालले जानकारी दिनुभयो ।

“पक्राउ परेका दुवैजनाको घटनामा पूर्णरुपमा संलग्नता देखिन्छ”, प्रहरी प्रमुख वस्यालले भन्नुभयो, “के कारणले घटना भएको हो थप अनुसन्धानको प्रक्रियामा छौं ।” हत्यामा संलग्न जेदु न्यौपालेलाई शनिवार र गिरिलाई आईतवार वेलुकी पक्राउ गरिएको हो ।

स्थानीयले शुक्रवार विहान घरदेखि केहि मिटर टाढा मोटरबाटोमा उपाध्यायको शव फेला पारेका थिए । अनुहार र टाउकोमा चोट देखिए पछि हत्या आशंकामा प्रहरीले अनुसन्धान थालेको थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?