बुधबार, माघ २३, २०८१

खुङ्ग हत्याकाण्डमा संलग्न दुई जना आराेपी सार्वजनिक

खलंगा । गौमुखी गाउँपालिका–५ खुङ्ग का ६९ वर्षिय चिन्तामणी उपाध्याय (न्यौपाने)को हत्यामा संलग्न दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । हत्यामा संलग्न गौमुखी गाउँपालिका वडा नम्वर ५ खालका वर्ष ५१ का लोक बहादुर गिरी र वडा नम्वर ५ गोलढुंगाकी वर्ष ५० की जेदु कुमारी न्यौपानेलाई आईतवार सार्वजनिक गरेको हो ।

प्रारम्भीक अनुसन्धान अनुसार दुवैजनाले हत्यामा संलग्न भएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरिक्षक केशव के.सीले जानकारी दिनुभयो । प्रहरीका अनुसार अवैध शारिरीक सम्वन्धले निम्ताएको रिसिविका कारण घटना घटेको हो ।

“हत्यामा संलग्न गिरी र जेदु कुमारी विच लामो समय देखि अबैध शारिरिक सम्वन्ध रहको खुल्न आएको छ” प्रहरी निरिक्षक के.सीले भन्नुभयो, “केहि समय पहिले मृतक उपाध्यायले सुती रहेको कोठाको ढोका बन्द गरेको र छिमेकीलाई समेत थाहा हुनजाँदा रिसिवि साधेको देखिन्छ ।” पछिल्लो समय घटनामा संलग्न जेदु कुमारी गिरी र मृतक उपाध्याय विच समेत लामोसमय देखि नियमित सम्पर्क रहदै आएको अनुसन्धानले देखाएको प्रहरी निरिक्षक के.सीले बताउनु भयो ।

उपाध्यायको शुक्रवार विहान घरदेखि झण्डै डेढ किलोमिटर टाढा मोटरवाटोमा हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?