विजुवार । लुम्बीनी प्रदेश स्थापना दिवसको अवरमा प्यूठानमा निवन्ध प्रतियोगिता सम्पन्न गरिएको छ । सामाजिक विकास डिभिजन कार्यालय प्यूठानको आयोजनामा प्यूठान र रोल्पा जिल्लामा रहेका क्याम्पसहरु बीच अन्तर क्याम्पस स्तरीय प्रतियोगिता सम्पन्न गरिएको हो ।
‘लुम्बीनी प्रदेश समृद्धिको आधार’ विषयमा सम्पन्न गरिएको प्रतियोगितामा गौमुखी क्याम्पस मच्छीमा अध्यनरत छात्रा रविना वि.क.ले प्रथम स्थान हासिल गर्न सफल हुनु भएको छ । यस्तै द्धितिय प्यूठान क्याम्पसका छात्रा शारदा घर्ती र तृतिय स्थान सोही क्याम्पसका छात्र प्रमोद वलीले हात पार्न सफल हुनु भएको छ । प्रतियोगितामा जलजला क्याम्पस रोल्पाका छात्र रविन्द्र वि.क.सान्तवना स्थान हासिल गर्नु भएको छ । प्रतियोगितामा विजयीलाई नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।
प्यूठान र रोल्पा जिल्लाका ५ क्याम्पसवाट जम्मा दश जनाको प्रतियोगितामा सहभागीता रहेको थियो । कार्यालयको वार्षिक कार्यक्रम अन्तरगत विद्यार्थीको विभिन्न विधाहरुमा क्षमता वृद्धि र लेखनशैलि अभिवृद्धि गर्ने उद्येश्यले कार्यक्रम आयोजना गरिएको डिभिजन प्रमुख पुन्य प्रसाद न्यौपानेले बताउनुभयो ।
साहित्य परिषद प्यूठानको समन्वयमा झिमरुक क्याम्पस वाग्दुला प्यूठानमा प्रतियोगिता गरिएको हो ।