माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टीको महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको बताएका छन् । यसअघि सचिव भइसकेकाले महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको पुनले बताए ।
केन्द्रीय सदस्य र अध्यक्ष सहमतिमै चयन भएकाले पदाधिकारी पनि सहमतिमै छानिने विश्वास उनको छ ।
झन्डै चार महिना लामो उपचारपछि चीनबाट सोमबार साँझ स्वदेश त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका पुनले आफू पूर्ण निको भएर आएको जानकारी दिए । नयाँ पत्रीका बाट