सोमवार, माघ ७, २०८१

चित्र बहादुर केसी द्वारा राष्ट्रिय जनमोर्चाको चौंथो राष्ट्रिय सम्मेलनको उद्घाटन

श्यामलाल पोखरेल
बुटवल, चैत्र २४ ।
राष्ट्रिय जनमोर्चाको चौथौ राष्ट्रिय सम्मेलन बुटवलमा शुरु भएकमो छ । तीन दिनसम्म चल्ने राष्ट्रिय सम्मेलनको मंगलबार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा बोल्दै अध्यक्ष चित्रबहादुर केसीले पुनस्थापित संसद फेरी विघटनको खेल शुरु भएको बताउनु भएको छ । सरकारले संसदलाई विनेश दिन नचाहेको उल्लेख गर्दै देशलाई निकास दिन प्रधानमनत्रीले राजीनामा दिनुको विकल्प नभएको तर्क गर्नुभयो । उहांले प्रधानमन्त्री ओलीलाई राजीनामा गराएर बामपन्थीहरुको संयुक्त सरकार बनाउनु पर्ने बताउनुभयो । सरकारको असफलताका कारण नेपालमा बाह्य शक्ति सक्रिय भएको दावी गर्नुभयो । उहांले भारतले नेपालमा अस्थिरता चाहेको उल्लेख गर्दै नेपालको अखण्डता र सार्वभौकितामाथि भारतलेपहिलेदेखि नै कब्जा जमाउन गतिविधि सञ्चालन गरिरहेको दावी गर्नुभयो । नेपालमा जवरजस्त एमसिसी ल्याएर अमेरिकारले नेपालको परराष्ट्र नीति भत्काएर नेपाललाई चीन बिरोधी अखडा बनाउन खोजेको बताउनुभयो । नेपालमा हिन्दु राष्ट्र कायम गर्न खोज्ने भारत र एमसिसी ल्याएर अमेरिकी सेना नेपाल भित्राउन खोज्ने अमेरिका नेपालको हितमा नभएको दावी गर्नुभयो । उहांले संघीयताको बिरोध गर्दा नेपालमा राष्ट्रिय जनमोर्चालाई राजनीतिक रुपमा एक्लाइएको स्मरण गर्दै अहिले संघीयताको बिरोध गर्नेको संख्या बहुसंख्यक भैसकेको बताउनुभयो । संघीयता असफल भैसकेको दावी गर्दै एउटो सरकार चलाउन नसकेको देशले आठवटा सरकार चलाउन सम्भव नभएको पुष्टि भएसंगै संघीयता असफल भैसकेको र संघीयताबादीलाई संघीयता घांडो भएको बताउनुभयो । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले सरकारको असफलताका कारण मुलुकले संकट भोन्नु परेको बताउनुभयो । अनियमितता, भ्रष्टाचार, महङीले सीमा नाघेको उल्लेख गर्दै हत्याहिंसाका घटनामा संलग्नहरुलाई सरकारले कारावाही गर्न नसकेको बताउनुभयो । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीको अध्यक्षतामा सम्मेलनको खुल्ला सत्रमा नेकपा क्रान्तिकारी माओवादी, नेकपा माओवादी केन्द्र, नेकपा माले, नेकपा एमाले, प्रदेश सांसदहरु कृयण थापा, खिमविक्रम शाही, तारा, जीसी, अखिल नेपाल किसान महासंघका भैरवराज रेग्मी, अलिख नेपाल युवक संघका अध्यष अनिलकिशोर घिमिरे, अखिल छैठौ.का केन्द्रिय अध्यक्ष विमल पोखरेल, अन्टुकका लोकराज भुसाल, रक्ति सांस्कृतिक अभियानका अध्यक्ष रेम राना, अलिख नेपाल राष्ट्रिय उद्योग व्यापार संघका अध्यक्ष ढुण्डराज पौडेल, अखिल नेपाल शिक्षक संघका अध्यक्ष सानुभाइ कार्की, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव ठाकुर खनाल, अखिल नेपाल महिला संघकी अध्यक्ष मिना पुन लगायतले बोल्नुभएको थियो । हिमलाल पुरीको सञ्चालन र महासचिव जनकराज शर्माको स्वागतमा कार्यक्रम भएको थियो । तीन दिनसम्म चल्ने सम्मेलनले नयां नेतृत्व चयन गर्ने छ । सम्मेलनमा ७१ जिल्लाबाट ३ सय जना प्रतिनिधिन्व रहेको सो पार्टीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?