प्युठान आगलागी जोखिम न्यूनीtकरण तथा पुर्व तयारीका लागि कार्ययोजना कार्यान्वयन कार्यक्रम मल्लरानी गाउँपालिकाको खलंगामा सम्पन्न भएको छ।
जिल्ला प्रशासन कार्यालय प्युठानको आयोजना तथा डिभिजन वन कार्यालय प्युठान संगको सहकार्यमा मल्लरानी गाउँपालिका खलंगामा छलफल कार्यक्रम गरिएको हो।
कार्यक्रमको प्रमुख अतिथि मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले आगलागीका घटनाहरु घटिरहेको भन्दै यसलाई रोक्नका लागि सबै सचेत हुनुपर्न बताउनुभयो ।
जनप्रतिनिधि, बन उपभोक्ता समिति लगाएत सबै समुदायले आगलागीका घटनाहुन नदिन सचेतना गर्न आग्रह गर्नुभएको थियोे ।
प्रमुख जिल्ला अधिकारी रमा आचर्यले जिल्लाका सबैपालिकामा पालिका स्तरीय छलफल तथा कार्ययोजना कार्यान्वयन गराउन लागिपरेको बताउनुभयो साथै उहाँले आगलागीका घटना हुन नदिन समयमै सबै सचेत भएर अगाडि बढ्न आग्रह गर्नुभएको थियोे ।
आगलागी पुर्व जोखिम न्यूनीकरणका लागि अपनाउनुपर्ने साबधानी, कानुनी बिषय,खोज तथा उद्दार सम्बन्धि तालिम बिषयमा अभियान संचालन गर्न जरुरी रहेको आचर्यले उल्लेख गर्नुभयो।
आगलागी लगाउने घटना घटाउने ब्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउने बताउनुभयो।
कार्यक्रममा वडा स्तरीय आगलागी पुर्वतयारी जोखिम न्यूनीकरण तथा प्रतिकार्य कार्यदल गठन गरिएको छ। कार्यायोजना अनुसार वडा अध्यक्ष संयोजक रहनेगरि समिति गठन तथा परिचालन गर्ने निर्णय भएको छ। कार्यदलले सम्पर्क ब्याक्ति तोकि प्रत्येक दिनको घटना विवरण जिल्ला सुरक्षा संयंत्र समितिमा जानकारी गराउन कार्यदललाई प्रमुख जिल्ला अधिकारी आचर्यले आग्रह गर्नुभयो।
डिभिजन वन कार्यालय प्युठानका वरिष्ठ वन अधिकृत जयप्रकाश गुप्ताले आगलागी तथा डढेलो नियन्त्रणका लागि कार्यालयले आफू मातहतका कार्यलय तथा विभिन्न वन उपभोक्ता समुह समुदायलाई परिचालन गरिने धारणा व्यक्त गर्नुभएको थियोे । साथै कार्यालयको टिम घटना हुन नदिन सचेत रहेको बताउनुभयो।
उपस्तिथित केही सहभागीहरुले आगलागी लगाएत घटना पश्यात राहत तथा सहयोगमा ढिलासुस्ती र पीडितले दुख पाउने गरेको भन्दै सहजरूपमा सेवादिन अनुरोध गरेकाथिए ।
गाउँपालिकाका सबै वडा अध्यक्ष , सुरक्षा समिति, बन डिभिजन कार्यालय, बनसंग सम्बन्धि उपभोक्त समितिहरुको सहभागीता रहेको थियोे ।