शुक्रबार, माघ १८, २०८१

अखिल नेपाल शिक्षक संघ मल्लारानीको अधिवेशन सम्पन्न, अध्यक्षमा के.सी.

 

प्युठान अखिल नेपाल शिक्षक संघ मल्लरानी गाउँपालिकाको तेस्राे पालिका अधिवेशन शनिबार पर्यटकीय स्थल मल्लरानी डाँडामा सम्पन्न भएको छ।

शिक्षक संघका अध्यक्ष कुलराज पाैडेलकाे अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि संघका केन्द्रीय महासचिव तथा नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति सदस्य चक्रपाणि पौडेल रहनु भएको थियो।

प्रमुख अतिथि चक्रपाणी पौडेलले राज्य शिक्षाबाट क्रमश भाग्दै गएको वर्तमान सरकार उल्टो बाटो तिर हिड्न खोजेको आरोप लगाउनु भएको छ।”उहाँले सम्बोधन गर्दै भन्नुभयो कम्तीमा “विद्यालय शिक्षा विधेयक २०८० छिटो जारी गरेर उक्त ऐन अनुसार स्थायी हुने शिक्षकहरुलाई योगदानमा आधारित पेन्सन कोषमा सहभागी गराउनु पर्नेमा शिक्षा ऐन २०८० महेन्द्रको पालामा बनेको ऐन कानून बाट स्थायी भएका शिक्षकहरुलाई जिस्काइरहेको उहाँको भनाइ छ।

बनोभोज सहित आयोजना गरेको अधिबेशन कार्यक्रममा राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश अध्यक्ष बोम बहादुर खत्री, मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का, शिक्षक संघका केन्द्रिय सचीव बालाराम पोख्रेल,
लुम्बिनी प्रदेश सचीव कल्याण खड्का, प्युठान जिल्ला सचीव धुर्व गिरी लगाएत शिक्षक नेता हरुले शुभकामना मन्त्ब्य राख्नु भएको हो।

अधिबेशनको अवसरमा शिक्षक सेवा अायाेगबाट विभिन्न तहमा बढुवा भएका, नयाँ सिफारिस भएका , प्रा.वि.तहकाे लिखित परीक्षामा उत्तीर्ण भएका,र सरुवा भाई मल्लरानीमा आएका शिक्षकहरुलाई सम्मान तथा स्वागत गरिएकाे अखिल नेपाल शिक्षक संघका जिल्ला सचीव धुर्व गिरीले बताउनुभयो।

भने अधिवेशनले कृष्ण बहादुर के.सी.को अध्यक्षतामा २७ सदस्यरहेको पालिका स्तरीय समिति निर्वचित गरेको छ।जसको उपाध्यक्ष नुमराज पौडेल, उपाध्यक्ष अस्मिता बि.सी. सचिव बिष्णु प्रसाद पौडेल ,सह सचिव प्रेम कुमार जि.सी.,काेषाध्यक्ष साेब बहादुर घर्ती,सह काेषाध्यक्ष मिरा श्रेष्ठ रहनु भएको छ।

सदस्यमा ठगबहादुर राहु,पदम पौडेल,देविराम के.सी.,सन्दिप पौडेल,गाेमा थापा,गन बहादुर रिजाल,मन्त्रिप्रसाद श्रेष्ठ,एम बहादुर सेन,शेषमणि पौडेल,इन्द्रमणि पौडेल,गिता वि.क.,निराजन पौडेल,अाेम बहादुर पुन,तिर्थराज पौडेल,कमला कार्की,बिष्णु गिरी,दल बहादुर नेपाली,बासुदेव शर्मा,रामचन्द्र खत्री, कमला बञ्जाडे रहनु भएको छ।

त्यस्तै सल्लाहकारमा कुलराज पौडेल,मौती पौडेल,गिरीराज पौडेल,उदय कुमार पाण्डे
हुम बहादुर बुढाथाेकी चयन भएको अखिल नेपाल शिक्षक संघले जनएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?