आइतवार, माघ २०, २०८१

संघीयता र राष्ट्रियता सवालमा मच्छिमा अंतरक्रिया, संघीयता असफलभयो: प्रवक्ता जिसी


प्युठान “संघीयता र राष्ट्रियता” बिषयक अन्तरक्रिया कार्यक्रम झिमरुक गाउँपालिकाको मच्छीमा सम्पन्न भएको छ।
राष्ट्रिय जनमोर्चा झिमरुक गाउँपालिका समितिको आयोजनामा भएको अंतरकृया कार्यक्रममा संघीयता र राष्ट्रियताको बारेमा छलफल गरिएको हो।
अन्तरक्रिया कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी संघका अध्यक्ष सिद्धीमान जिसीले राष्ट्रियता र संघीयता सम्बन्धि अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो ।

अन्तरकृया कार्यक्रममा बोल्दै नेकपा मसालका लुम्बिनी प्रदेश प्रवक्ता तिलक जिसीले संघीयता बिना केही हुदैन भन्ने  भ्रम  फैलाएकाे बताउनु भयाे ।

आर्थिक सामर्थ्यता र भुगाेलका कारण पनि नेपालमा संघिय प्रणालि आवश्यक नरहेकाे उहाँकाे भनाई छ । “देशमा संघिय शासन व्यवस्था असफल भईसक्याे”, उहाँले भन्नुभयाे, “अहिले संघियताकाे पक्षमा वकालत गर्ने दलका लागि समेत याे घाडाे भयकाे छ ।”

सत्ता  र सरकारलाई ठुलादलहरुले प्रमुख, ठान्दा राष्ट्रियता र आर्थिक हिसावले समेत देश निकै कमजाेर हुँदै गयकाे उहाँकाे भनाई छ । पार्टी भन्दा माथी उठेर राष्ट्रियता र राष्ट्रप्रती सबैको साझा धारणा बनाएर जान  उहाँले सबैलाई आग्रह गर्नुभयो।

जनता सचेत नभए सम्म देश अगाडि जान नसक्ने भन्दै सबै नेपालीले राष्ट्रप्रति उच्च सतर्कता आपनाउनु पर्ने  उहाँकाे भनाई थियाे ।

अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय जनमोर्चा प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपानेले राष्ट्र र राष्ट्रियताकाे सवालमा संघियता घातक भईसकेकाे बताउनु भयाे । “संघियताकाे प्रभाव हेर्दैजाने हो भने जनतामा नैरास्यता पैदा भएको छ”, उहाँले भन्नुभयाे, ईमान्दार भएर मतदान गर्ने हो भने नेपाली जनताले यसलाई खारेज गरिदिन्छन ।”

देश टुक्र्याउन मदत पुग्नेगरि बिदेशीको चाहाना अनुरुप संघीयता ल्याइएको उहाँको भनाइ छ। नेपालको आर्थिक स्रोतले हालको संरचना धान्न नसक्ने बताउदै उहाँले आर्थतन्त्र कमजोर बन्दै गएको अवस्थामा यसलाई खारेजिको विकल्प नभएको बताउनुभयो।

पुराना  बुद्धिजीवी नेता डेगेन्द्र जिसीले संघीयता नेपालमा जबर्जस्त आएको बताउनु भयाे ।   देशका ठुला नेताहरुले भारतको इशारामा संघीयता लाद्ने काम भएको उहाँकाे आराेप छ ।

बुद्धिजीवी ऋषिराम पोख्रेलले प्रदेश सरकार खारेज गरेर स्थानीय सरकारलाई सबल बनाउनु पर्ने   बताउनुभयो।

 

अन्तरकृया कार्यक्रमको अन्तिममा  राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेशका सल्लाहकार बासुदेव पोख्रेलले  सहभागीहरुले राखेका प्रश्न, जिज्ञासा र उठेका समग्र  बिषयबस्तु माथी प्रस्टाउनु भएको थियोे ।

राजनैतिक दलका नेता, समाजसेवी, बुद्धिजीवी हरुको उपस्थिति रहेको थियोे।

कार्यक्रममा नेकपा एमालेका जिल्ला सचीव ईन्द्रमणि पोख्रेल, नेपाली काङ्ग्रेस झिमरुक गाउपालिकका उपाध्यक्ष दामोदर पोख्रेल, नेकपा माओवादी केन्द्र झिमरुक गाउँपालिका अध्यक्ष झग बहादुर जिसीले मन्तव्य राख्नु भयकाे थियाे ।

कार्यक्रममा  राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य नारायण जिसी, लुम्बिनी प्रदेश सल्लाहकार बासुदेव पोख्रेल विभिन्न राजनैतिक दलका नेता, समाजसेवी, बुद्धिजीवी हरुको उपस्थिति रहेको थियोे।

राष्ट्रिय जनमोर्चा झिमरुक गाउँपालिका अध्यक्ष टीका बहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रमको संचाल चोप बहादुर बिकले गर्नु भएको थियोे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?