बिहिबार, जेष्ठ ७, २०८३

सामाजमा क्रान्तिकारी परिवर्तन ल्याउन सांस्कृतिक क्रान्ति आवश्यक छ :केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समाज रुपान्तरणका लागि राजनीतिक परिवर्तनले मात्र नहुने भएकाले सांस्कृतिक क्रान्ति आवश्यक पर्ने बताउनु भएको छ । सांस्कृतिक आन्दोलनले नै क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्ने केसीले बताउनुभयो ।

रक्तिम सांस्कृतिक अभियानकी कलाकार लक्ष्मी गुरुङको स्मृतिमा रक्तिम सांस्कृतिक अभियानले शनिबार बुटवलमा आयोजना गरेको स्मृति तथा श्रद्धाञ्जली सांगितिक सांस्कृतिक कार्यक्रममा बोल्दै अध्यक्ष केसीले सांस्कृतिक क्रान्ति आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले सांस्कृतिक आन्दोलनका लागि कम्युनिष्ट पार्टीमा वैचारिक रुपमा खारिएका कार्यकर्ता चाहिनेमा जोड दिनुभयो । सांस्कृतिक रुपमा समाजलाई परिवर्तन गर्नका लागि लक्ष्मी गुरुङ जस्ता वैचारिक रुपमा तयार भएका अनुशासित कार्यकर्ता आवश्यक पर्ने बताउनुभयो ।

रक्तिम सांस्कृतिक अभियानको माध्यमबाट सांस्कृतिक आन्दोलन गर्न सकिने र त्यसका लागि सांस्कृतिक रुपमा समाजलाई परिवर्तनका लागि लक्ष्मी गुरुङ जस्तो अनुशासित हुनुपर्ने बताउनुभयो ।

नेकपा (मसाल)का प्रवक्ता रामप्रकाश पुरीले रक्तिम सांस्कृतिक अभियानको माध्यामबाट सांस्कृतिक क्रान्तिका लागि लक्ष्मी गुरुङले ठूलो योगदान पुराउनु भएको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका रुपन्देही अध्यक्ष बद्रे आलम, नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्यूरो सदस्य प्रेम सुवेदी, रक्तिम अभियानका केन्द्रीय सचिव हेमराज आश्रम, रक्तिम अभियानकी कलाकार मिना बुढाथोकी, रक्तिम अभियानका पूर्व कलाकार सौगात सायर, लक्ष्मी गुरुङका छोरा रविन गुरुङ लगायतले बोल्नुभएको थियो ।

रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष रेम रानाको अध्यक्षता र महासचिव जीवन शाहीको सञ्चालनमा भएको कार्यक्रममा अध्यक्ष रानाले लक्ष्मी गुरुङको जीवनीबारे प्रकाश पार्नुभएको थियो ।

रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिले आयोजना गरेको उक्त स्मृति सांस्कृतिक कार्यक्रममा लक्ष्मी गुरुङले गाएका ‘उत्तरबाट बादल आउँदा’, ‘आएन प्रदेशी’ लगायत दर्जन बढी गीत प्रस्तुत गरिएको थियो ।

कास्की जिल्लाको भदौरे भन्ने गाउँमा २०२३ सालमा जन्मिनुभएकी गुरुङ सानैदेखि रक्तिम अभियानमा लाग्नु भएको थियो । सुरिल स्वरकी धनी लक्ष्मी गुरुङको गत कात्तिक २५ गते रुपन्देहीको भैरहवामा निधन भएको थियो ।यो समाचार युगदर्सन अन्लाईनमा छापिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal