
प्यूठान। स्वर्गद्धारी नगरपालिकाले सोमबार शोक विदा गर्ने भएको छ । नगरपालिका उपप्रमुख मिनराज रानाको निधन प्रति दुःख व्यक्त गर्दै पालिकाले शोक विदा दिने निर्णय गरेको हो ।
पालिकाको आज बसेको आकस्मित बैठकले असार १५ गते शोक विदा दिने र नगरपालिकाको कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको नगर प्रमुख टेक प्रसाद भण्डारीले जानकारी दिनुभयो ।
आइतवार रानाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाई सम्मान गरिएको छ । सोक प्रस्ताव सहित नगर प्रमुख भण्डारीले उपमेयर रानाको पार्थिक शरीरमा झण्डा ओडाई सम्मान तथा श्रद्धासुमन व्यक्त गर्नुभएको हो ।












