आइतवार, असार १४, २०८३

उपमेयर रानालाई नेकपा मसालद्धारा पार्टीको झण्डा ओढाएर सम्मान

प्यूठान । नेकपा मसाल प्यूठानका प्रवक्ता राम पहाडीले पार्टीका सचिवालय सदस्य मिनराज रानाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान गर्नु भएको छ ।

 

स्वर्गद्धारी नगरपालिका प्यूठानका उपमेयर समेत रहनु भएका रानाको पार्थिव शरीर स्वर्गद्धारी नगरपालिकामा रहेको राष्ट्रिय जनमोर्चाको कार्यालयमा राखी श्रद्धान्जली एव्म सम्मान प्रकट गरिएको थियो ।

 

रानाको पार्थिक शरीरमा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य कृष्ण बहादुर खड्काले श्रद्धासुमन एवम् सम्मान प्रकट गर्नुभएको छ । जिल्ला तथा स्थानीय नेता कार्यकर्ता तथा सुवेच्छुकहरुको बाक्लो उपस्थीतिमा राना प्रति श्रद्धासुमन व्यक्त गरिएको छ ।

आजै स्वर्गद्धारी नगरपालिकामा रानाप्रति सम्मान्न सहित शाेकसभाकाे आयाेजना गरीएकाे छ । शाेकसभा पछी पार्थिव शरीरलाई घर स्वर्गद्धारी २ धनबाङ लगि आजै दाहस‌स्कार गर्ने जनाइएकाे छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?