मङ्लबार, माघ २२, २०८१

मालपोत कार्यालय प्यूठान ६ दिनका लागि बन्द

अनुज पछाई , प्यूठान । प्यूठान जिल्लाका बिभिन्न कार्यालयहरु धमाधम बन्द हुँदै जान थालेका छन् । मालपोत कार्यालय प्यूठान ६ दिनका लागि बन्द रहने भएको छ ।
मालपोत कार्यालयका केहि कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला मालपोत कार्यालय प्यूठान माघ १३ गते देखि माघ १८ गतेसम्मको लागि बन्द रहने भएको हो । कार्यालयले एक सूचना जारी गर्दै आन्तरिक बाहेकका नियमित कामकाज तथा सेवाहरु बन्द रहने भएका छन् ।
कार्यालयको नियमित कामकाजमा रहेका कर्मचारीहरु उच्च जोखिममा रहेको तथा सेवाग्राहीहरु समेत जोखिममा पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै सेवा बन्द गरिएको मालपोत कार्यालय प्यूठानले जनाएको छ। जिल्ला प्रशासन कार्यालय प्यूठानले पनि अनिश्चित कालका लागि सेवा बन्द गरेको छ । त्यस्तै खलंगाा प्राथमिक स्वास्थ्य केन्द्र प्यूठानका केहि कर्मचारीमा पनि कारेना देखिएपछि सेवा बन्द गरिएको छ।
कर्मचारीमा कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय प्यूठानले अत्यावश्यक बाहेकका अन्य सेवा पनि बन्द गरेको हो । जिल्लामा हाल २५७ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।
पहिलो र दोस्रो लहरको कोरोनाका कारण जिल्लामा ७७ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?