केशव गाहा पाल्पाली सबै चोर सबै दलाल कसरी बन्छ देश
देश प्रेमको छ अकाल कसरी बन्छ देश
देश बिर्सिएर सत्ता र कुर्चीको लडाईमा
हेर्नुहोस् त कस्तो छ हाल कसरी बन्छ देश
रङ्गीचङ्गी फुल फुल्ने सुन्दर बगैँचाको
बाँदरले गर्छन् देखभाल कसरी बन्छ देश
खोक्रो देशभक्त र नक्कली राष्ट्रवादीको
बलिया छन् स्वार्थका पर्खाल कसरी बन्छ देश
चप्पल पड्काउॅदै राजधानी छिरेकाहरु
बनेका हुन्छन् मालामाल कसरी बन्छ देश
बलात्कारी अनी भ्रष्टाचारीलाई बचाउदै
उभिन्छन् नेता बनेर ढाल कसरी बन्छ देश ।