सोमवार, जेष्ठ १८, २०८३

गाैमुखीमा भलिवल प्रतियाेगीता शुरु,खेलमैदान र कबर्डहल निर्माणमा पहल गर्छौं : गिरी

जुमान सि‍ह के सी
प्युठान । गौमुखी गाउँपालिकामा वडा स्तरीय खुल्ला महिला तथा पुरुष भलिवल प्रतियोगिता शुरु भएको छ । गौमुखी गाउँपालिका ५ ठुलावेसीमा आयोजित खेलकुद प्रतियोगिताको आज पालिका अध्यक्ष विष्णु कुमार गिरीले उद्घाटन गर्नु भएको हो । दशैंतिहारको उपलक्ष्यमा ठूलावेसी सामुदायिक विकास मञ्चको आयोजनामा पुरुष तथा महिला भलिवल प्रतियोगिता संगै सास्कृतिक कार्यक्रम र गौमुखी प्रथम आइडल डान्स प्रतियोगिता आयोजना गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष गिरीले पालिकाले खेलकुद क्षेत्रकाे विकासमा पहल गर्दै आइरहेको बताउनु भयो । खेलकुदको विकासका लागि कवर्डहल र खेलमैदान निर्माणका लागि समेत गाउँपालिकाले पहल गर्दै आएको उहाँको भनाई छ । ‘ठुलाबेसीको कुर्लाचौरमा व्यबस्थथीत कबडहल र खेलमैदान निर्माणका लागी डिपिआर तयार भईसकेको छ’ अध्यक्ष गिरीले भन्नुभयो, ‘आवश्यक जग्गा प्राप्तीका लागि पहल गर्दै आएका छौं।’ खेलकुदका लागि प्रयाप्त जग्गाका लागि स्थानीय सवैको सहकार्य आवश्यक रहेको उहाँको भनाई छ ।

गाउँपालिकाको स्रोतले मात्रै निर्माण कार्य सम्पन्न गर्न समस्या रहेकोले प्रदेश तथा संघ सरकार संग समेत पहल गर्ने उहाँले बताउनुभयो । कार्यक्रममा बिशेष अतिथि गाउँपालिका उपाध्यक्ष महावीर रानले गाउँपालिकाले चालु आर्थिक वर्षमा १० लाख बजेट व्यवस्थापन गरेको र थप पूर्वाधार विकासमा समेत ध्यान दिने बताउनुभयो ।

प्यूठान उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष ज्ञामुराम न्यौपानेले खेलकुद र सास्कृतीक कार्यक्रमले यस क्षेत्रको पहिचान, स्वास्थ्य र सामाजिक एकतामा समेत योगदान दिने बताउँदै स्थानीय सरकारले यसको सहि व्यवस्थापनमा ध्यान दिनु पर्ने बताउनुभयो ।

उद्घाटन कार्यक्रममा गौमुखी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम पौडेल, नेकपा एमालेका नेता टुक बहादुर केसी, नेकपा माओवादी केन्द्रका रमेश राना, मदाने गाउँपालिका–१ का वडा अध्यक्ष सुशील चन्द, युनेसिनका अध्यक्ष प्रेम चन्द लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियोे ।

तिनदिन सम्म चल्ने कार्यक्रममा खुल्ला पुरुष भलिबल तर्फ २० टिम र महिलातर्फ ५ टिम सहभागी रहेकाे आयोजकले बताएको छ। साथै प्रथम गौमुखी खुल्ला आइडल डान्समा १० टिम सहभागी रहेका छ्न। उद्घाटन समाराेह ठुलाबेसी सामुदायिक बिकास मञ्चका अध्यक्ष केशव बहादुर केसीको अध्यक्षता स्वागत उपाध्यक्ष अशिम न्यौपाने र संचालन सचीव कवि केसीले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal