बुधबार, जेष्ठ २०, २०८३

राष्ट्रिय जनमोर्चाकाे संघीयता विरुद्ध काठमाडौं केन्द्रित आन्दोलन जारी

काठमाडौँ । संघीयता खारेजिकाे मुख्य एजेण्डा सहित काठमाण्डाैं केन्द्रित आन्दाेलन संचालन गरेकाे  राष्ट्रिय जनमोर्चाले प्रदर्शन जारी राखेकाे छ ।
मंगलबार मार्चपास सहित माइतीघर मण्डलामा सभा सम्पन्न गरेकाे हाे । सभालाई सम्बाेधन गर्दै राष्ट्रिय जनमाेर्चाका  महासचिव मनोज भट्टले नेपालका कुनै पनि दल संघीयताका जननी नभएको बताउनु भयाे । माओवादी र मधेशवादी दलहरूले आफूहरूले संघीयता ल्याएको भने पनि संघीयता लैनचौरले जबर्जस्त बोकाएको  भट्टको भनाइ थियो ।

‘नेपालमा संघीयताको जननी लैनचौरको भारतीय दूतावास हो । लैनचौरको भारतीय दूतावासमा बसेर मधेश आन्दोलनको योजना बन्यो । २०६३ को माघ २ देखि १८ सम्म मधेशमा आन्दोलन चल्यो,’ उहाँले भन्नुभयो ‘त्यही आन्दोलनको दबाबमा अन्तरिम संविधानमा संघीयता घुसाइयो । अब भन्नुहोस्, संघीयताको जननी प्रचण्ड हो कि लैनचौरको भारतीय दूतावास ?’

उहाँले सातवटा प्रदेशमा २६ हजार कर्मचारी आवश्यक पर्नेमा अहिले १३ हजार कर्मचारी मात्रै भर्ना हुँदासमेत करको भारले जनतालाई थिचेको बताउनुभयो ।

माइतीघरमा प्रदर्शन सुरु हुनुअघि जावलाखेलबाट जुलुस प्रदर्शन गरिएको थियो । जुलुसमा संघीयताको खारेजी, गणतन्त्रको रक्षा,  राष्ट्रियता रक्षाका लागि चर्का नाराबाजी गरिएको हो।

सभामा जर्मन कम्युनिस्ट पार्टीका प्रतिनिधिसहित विभिन्न जनवर्गीय संगठनका नेताहरूले आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गरेका थिए भने रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले जोसिलो गीत तथा नृत्य प्रस्तुत गरेका थिए । जनमोर्चाले चैत्र २८ गते सम्म आन्दोलन गर्ने बताएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal