सोमवार, बैशाख २१, २०८३

गौमुखीमा राष्ट्रिय परिचयपत्रको लागि २ दिने घुम्तीशिविर संचालन

प्युठान गौमुखी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको लागि २ दिने घुम्ती शिविर संचालन भएको छ।
जिल्ला प्रशासन कार्यालयको आयोजना तथा गौमुखी गाउँपालिकाको समन्वयमा राष्ट्रिय परिचयपत्रको लागि घुम्ती शिविर गौमुखी गाउँपालिकाको लिवासेमा संचालन भएको छ।

गाउँपालिकाको माग, आवस्यकता र दुर्गम गाउँबस्ती भएको कारण जनतालाई सहजताको लागि शिविर संचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माले बताउनु भएको छ।

  • राष्ट्रिय परिचयपत्र बनाउन गाउँपालिकामा आएका गौमुखी ४ पुजाका पुर्ण अशक्त अपाङ्गता वर्ष २१ कि सृजना घर्तीको अभिभावक अम्बिका घर्तीले खलंगा लैजान समस्या थियो हामीलाई अलि सजिलो भएको छ।” हामी खलंगा जानको लागि तयारी गरेका थियौं एदि जिल्ला जानपरेकोभए गाडीनै रिजर्भ गर्न पर्ने अवस्था थियो हामी खुसी छौ”।

    गौमुखी २ अर्खाका ७४ वर्षका पोवे रानाले सदरमुकाम खलंगा जादा आउदा कम्तीमा ५ हजार खर्च हुन्त्यो तर गाउँपालिकामा आएर सजिलो भएको उहाँको भनाइ छ। उहाले भन्नुभयो “हामी जस्ता जेष्ठ नागरिक, अशक्त दुर्गमका जनतालाई एस्तै सेवा अझ वडामा लैजादा झन सजिलो हुनेथियो”।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम अर्यालले हाम्रो पालिका सेवा पहुँचको हिसाबले पछि रहेको नागरिकलाई सहजता होस भनेर गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय संघ समन्वय गरि शिविर संचालन गरिएको बताउनुभयो।
    जिल्ला प्रशासन कार्यालय र गाउँपालिकाको टिमले परिचयपत्र बनाउने काम गरिरहेको छ । परिचयपत्र शिविर सोमबार र मंगलवार सम्म चल्ने छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?