सोमवार, कार्तिक १८, २०८२

सुरक्षित आप्रवासन सम्वन्धी पत्रकारलाई अभिमूखिकरण

प्यूठान । सुरक्षित आप्रवासन कार्यक्रम अन्तरगत प्यूठानमा सोमवार अभिमूखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । मल्लरानी गाउँपालिका संगको साझेदारीमा संचालित सुरक्षित आप्रवासन कार्यक्रम अन्तरगत जिल्लामा क्रियाशिल पत्रकारहरुलाई अभिमूखिकरण दिईएको हो ।

कार्यक्रम अन्तरगत जिल्ला प्रसासन कार्यालयमा आप्रवासन सेवाकेन्द्र मार्फत विभिन्न परामर्शका कार्यहरु अघि बढाउदै आएको कार्यक्रमका कार्यक्रम अधिकृत विष्णु अर्यालले बताउनु भयो । “स्रोतकेन्द्र मार्फत वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने आवश्यक सावधानी लाई मध्यनजर गर्दै परामर्श दिने गर्छौ”, कार्यक्रम धिकृत अर्यालले भन्नुभयो, “वैदेशिक रोजगारीका शिलशिलामा हुने विभिन्न घटनाहरुको न्यायिक सहजिकरण समेत स्रोत केन्द्र मार्फत हुने गर्छ ।” वैदेशिक रोजगारीका शिलशिलामा आवश्यक सहि सुचना नपाउँदा विभिन्न पक्षहरुवाट ठगिदै आएको उहाँले बताउँनुभयो ।

वैदेशिक रोजगारीका क्रममा हुने विभिन्न घटना मृत्यू,घाईतेको उपचार,अगंभंग लगाएत वैदेशिक रोजगार वोर्डले प्रदान गर्ने खर्च रकम उपलव्धताका लागि समेत स्रोतकेन्द्रमार्फत सहजीकरण हुदै आएको उहाँले जानकारी दिनु भयो । “वैदेशिक रोजगारको शिलशिलामा मृत्यू तथा घाईते भएको खण्डमा समेत काठमाण्डौ बाट मात्रै सेवा मिल्छ भन्ने भ्रम अझै पनि कायम रहेको देखिन्छ”,अधिकृत अर्यालले भन्नुभयो, “विभिन्न एजेन्ट तथा व्यक्तिहरुको साहायता लिदा ठगिने दर समेत उच्च रहदै आएको छ ।”

वैदेशीक रोजगारको क्रममा मृत्यू भएको खण्डमा रु १० लाख, घाइते भएको अवस्थामा वढीमा ७ लाख र अगभगको केशमा पनि अधिकतम सात लाख सम्म क्षतीपूर्ती तथा उपचार खर्च प्रदान गर्ने व्यवस्था रहेको छ । यसको आवश्यक प्रक्रियाका लागि समेत स्रोतकेन्द्रको साहायता लिन सकिने अधिकृत अर्यालयले बताउनुभयो ।

कार्यक्रममा मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले सहि सुचना नपाउँदा वैदेशिक रोजगारीको शिलशिलामा विभिन्न व्यक्तिहरु ठगिनु पर्ने वाध्यता कायम रहदै आएको बताउनुभयो । वैदेशिक रोजगारी सम्वन्धी कुनै समस्या रहे स्रोतकेन्द्रमा सम्पर्क गरि सहि परामर्श तथा न्यायिक सेवा लिन उहाँको आग्रह छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?