सोमवार, भदौ ३०, २०८२

नबनियूक्त प्रधानमन्त्रीद्धारा पदभार ग्रहण

काठमाण्डौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्नु भएको छ । आईतवार सिंहदरबारमा पदभार ग्रहण गर्दै उहाँले आफू रहरले प्रधानमन्त्री नभई परिस्थितिले प्रधानमन्त्री बन्न पुगेको बताउनुभयो । उहाँले ६ महिना भन्दा आफ्नो कार्यकाल नलम्ब्याउने जिकिर गर्दै चुनावी जिम्मेवारी पुरा गरि नयाँ जिम्मेवारी हस्तान्त्रण गर्ने उल्लेख गर्नुभयो ।

देशकै मुख्य प्रशासकिक केन्द्र सिंहदरवार देखि सर्वोच्च अदालतमा समेत आगालागी हुदा महत्वपूर्ण रेकर्ड, प्रमाण र फाईलहरु नष्ट भई ठूलो क्षती पुगेको उहाँको भनाई थियो । “भौतिक भवनको क्षतिले केहि हुँदैन” सम्वोधन गर्दै प्रधानमन्त्री कार्कीले भन्नुभयो, “तर ती रेकर्ड र विवरणहरु सम्पूर्ण नष्ट भएर शुन्यको अवस्थामा पुगेका छौं ।”

उहाँले भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई सहज र नयाँ पुस्ताको भावना अनुसार अगाडी बढ्नुपर्ने बताउँउनु भयो । बर्तमान सृजित चुनौतिलाई सवैले मिलेर एकताको भावना राखेर पुरागर्नुपर्ने उहाँको जोड थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?