आइतवार, माघ १९, २०८२

जनजाती सम्मेलनको एक महिने संगठनात्मक तथा राष्ट्रिय प्रशिक्षण कार्यक्रम प्यूठानमा उद्घाटन

प्युठान । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल जनजाति सम्मेलनले प्युठानको स्वर्गद्वारी नगरपालिका र माण्डबी गाउँपालिकामा सांगठनिक अभियान तथा राष्ट्रिय प्रशिक्षण कार्यक्रमको शुक्रबार उद्घाटन भएको छ ।

मंसिर २६ गतेदेखि पुस २६ गतेसम्म संचालन हुने कार्यक्रमको नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले शुक्रवार उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै महामन्त्री सिंहले देश अत्यन्तै संकटमा परेकोबेला देशभक्तहरु एक जुट हुनुपर्ने बताउनुभयो । समाजमा अझैपनि जातीयताका नाममा विभिन्न प्रकारका हिंसा र विभेद कायमै रहेकोले शसक्त आवाजलेनै समाधान गर्न मदत गर्ने उहाँले बताउनुभयो ।

 

नेपालमा देसीबिदेसी शक्तिको चलखेल भएको भन्दै आम जनता रास्ट्र, राष्टियताको पक्षमा लाग्नु पर्ने उहाँको भनाई छ । सहि संगठन, सहि नीति, बिचार र सिद्धान्तले मात्र देश र जनताको पक्षमा कामगर्न सक्ने उहाँले उल्लेख गर्नुभयो । “अमेरिकी साम्राज्यवाद र भारतीय बिस्तारवाद आफ्ना स्वार्थपूरा गर्नका लागि नेपाललाई रणभुमी बनाउन चाहन्छन” महामन्त्री सिंहले भन्नुभयो, “संगठीत र असंगठीत दुवैरुपमा उनीहरुले नेपालमा विभिन्न चलखेलहरु बढाउदै आएका छन् ।”आगामी निर्वाचनलाई केन्द्रीत गर्दै सिंहले पार्टीले कुनै दलहरु संगको तालमेलको नीति अहिले नरहेकोले सोही अनुसार तयारी गर्न निर्देशन दिनुभयो । “विगतका निर्वाचनमा तालमेलबाट हामीलाई धोका भयो”, सिंहले भन्नुभयो, “प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा अहिले एक्लै चुनाव लड्ने नीति पार्टीको छ ।”

कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय अध्यक्ष निमबहादुर बूढा मगरले जनजातीहरुको समाज रुपान्तरणका लागि महत्त्वपूर्ण भुमिका रहेको तर ठूला राजनैतिक दलले जनजातीहरुलाई उपयोग मात्रै गर्दै आएको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सल्लाहकार सुरेस थापा, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रिय सदस्य दुर्गा खरेल, जनमोर्चा लुम्बिनी प्रदेश सल्लाहकार वासुदेव पोखरेल, अखिल नेपाल युवक संघ केन्द्रीय सदस्य तथा जिÞल्ला अध्यक्ष कमल पौडेल, अखिल  नेपाल महिला संघ केन्द्रीय उपाध्यक्ष उषा पुन,राष्ट्रिय जनमोर्चा प्यूठान जिल्ला उपाध्यक्ष ईमान सिंह खड्का लगाएतले शुभकामना मन्तव्य राख्नु भएकोथियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal