आइतवार, माघ १९, २०८२

राष्ट्रिय जनमोर्चा माण्डबीको कार्यकर्ता भेला सप्पन्न, ३५ सदस्य चुनाव प्रचारप्रसार समिति गठन

प्युठान राष्ट्रिय जनमोर्चा माण्डबी गाउपालिका स्तरीय कार्यकर्ता भेला मार्सीबाङमा आइतबार सप्पन्न भएको छ।
राष्ट्रिय जनमोर्चाका नेता प्रतिनिधि सभा सदस्यका उमेदवार तिलक जिसीको विशेष उपस्थितिमा अगुवा कार्यकर्ता भेला गरिएको हो।
राष्ट्रिय जनमोर्चाका नेता तथा उमेदवार तिलक जिसीले राष्ट्र राष्ट्रियताको सवालमा सधै आवाज उठाउने पार्टी राष्ट्रिय जनमोर्चा मात्र भएको दाबी गर्नुभयो।
“नीति बिचार राम्रो भएमात्र बिकास हुन्छ बिकास गोजिबाट गर्नेकुरा होइन तर अहिले बजारमा जे पनि गर्छु भनेर भ्रम छर्दैछ्न सचेत हुनुहोला”।

उहाँले अन्य पार्टीका उमेदवार हेर्नुभयो भने प्युठानमा जन्मेर जिल्ला बाहिर बस्ने कहिले काहीँ चुनाव र बिशेष कममा मात्र आउने प्युठानमा आएर माटो जन्मभुमिको माया लाग्छ भनेर झुटको खेती गरेको देख्दा दया लागेर आएको बताउनुभयो।
लगातार जिल्लामा जनताको दुखसुखमा साथ दिदै आएको वास्तविक प्युठानको आम जनताको भावना बुझेर काम गर्दै आएको कारण आफुलाई जिताउन सबैमा आग्रह गर्नुभयो।

जनतालाई झुक्याएर चुनावमा मिठाकुरा गरेर पैसा बाडेर जित्ने कोसिस भैरहेको छ त्यो कुरामा प्युठानी जनता सजग हुन आग्रह समेत गर्नुभयो।
आफुले जितेमा संसदमा जनताको पक्षमा खबरदारी गर्दै जिल्लाको बिकासमा ध्यानदिने बताउनुभयो।

अखिल छैठौंका केन्द्रिय अध्यक्ष शुवास जिसीले भदौ २३ र २४ गते जेनजि को आन्दोलन भयो त्यसले देशमा उथलपुथल भयो । त्यो अवस्था आउनुमा एमाले, काङ्ग्रेसको गलत आचरणको कारण यो अवस्था आयो।
काङ्ग्रेस, एमालेले लामो समय देशको नेतृत्व गरे तर भ्रष्टाचार, कुशासन र भद्रगोल बनाएको कारण देश अत्यन्तै संकटमा रहेको बताउनुभयो।
देशको बैकल्पिक राजनीतिक शक्ति राष्ट्रिय जनमोर्चा मात्र भएकोले गिलासमा मतदान गर्न गराउन कार्यकर्तालाई आग्रह गर्नुभयो।

जिल्लाको समग्र बिकासमा राष्ट्रिय जनमोर्चाको महत्त्वपूर्ण योगदान रहेको स्मरण गराउदै आगामी दिनमा आवस्यकताको आधारमा बिकास निर्माण गर्ने प्रतिबद्धता गर्नुभयो।
भेलामा समानुपातिक उमेदवार बिनोद बिक, जातीय समता समाजका महासचीव खगेश्वर बिक, अखिल नेपाल युवक संघका अध्यक्ष कमल पौडेल, रस,जनमोर्चाका स्थानीय नेता संकर पोख्रेलले मन्तव्य राख्नुभएको थियोे ।

माण्डबी गाउँपालिकाका सबै वडाबाट प्रतिनिधिमुलक रुपमा अगुवा कार्यकर्ताहरुको सक्रिय सहभागिता रहेकोथियोे ।
लिल बहादुर राउतको संयोजकत्वमा ३५ सदस्य चुनाब प्रचारप्रसार समिति गाठन गरेको छ। संयोजक लिल बहादुर राउतले प्रचारप्रसार समितिले सबै वाडामा तत्काल कार्यक्रम तय गर्ने र योजना निर्माण गरि प्रचारप्रसारलाई तिब्रता दिने बताउनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal