
प्युठान राष्ट्रिय जनमोर्चा झिमरुक गाउपालिका स्तरीय कार्यकर्ता भेला मच्छीमा सोमबार सप्पन्न भएको छ।
नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहन बिक्रम सिंहको विशेष उपस्थितिमा अगुवा कार्यकर्ता भेला गरिएको हो।
महामन्त्री सिंहले प्रशिक्षणत्मक मन्तव्य दिदै अमेरिकी साम्राज्यवादको प्रत्यक्ष हस्तक्षेपका कारण देश अप्ठ्यारोमा परेको बताउनु भएको हो। सिंहले भन्नुभयो “अमेरिका र चीनको लडाइँमा नेपाल अछुतो रहन सक्तैन त्यसैले नेपाल युद्ध मैदान गराउने रणनीति अनुसार काम भएको आरोप लगाउनुभयो”।
राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका सल्लाहकार शुरेस थापाले काङ्ग्रेसका उमेदवार अमेरिकाको बारबारा फाउन्डेसनका केन्द्रिय सदस्य प्युठानबाट उमेदवार हुनु देशकोलागी दुर्भाग्यपूर्ण भएको बताउनुभयो।
उहाँले एमालेका उमेदवार, घन्टिका उमेदवारबाट प्युठान जिल्ला अगाडि बढ्न नसक्ने दाबी गर्दै चाहेर वा नचाहेर राष्ट्रिय जनमोर्चाका उमेदवार तिलक जिसीले जित्न आवस्यक रहेको उल्लेख गर्नुभयो।
राष्ट्र राष्टियता जोगाउन, समग्र प्युठानको बिकास निर्माणका लागि अनुभवी बिकासप्रेमी नेता तिलक जिसीलाई जिताउन सबै कार्यकर्ता सक्रियताका साथ लाग्न आग्रह गर्नुभएको थियो। उहाँले राष्ट्रिय जनमोर्चाको पक्षमा माहोल बन्दै गएकोले आम जनतालाई गोलबन्द गरेर चुनावको माहोल राष्ट्रिय जनमोर्चाको वरिपरि राख्न आग्रह गर्नुभयो। देशको बैकल्पिक राजनीतिक शक्ति राष्ट्रिय जनमोर्चा मात्र भएकोले गिलासमा मतदान गर्न गराउन कार्यकर्तालाई आग्रह गर्नुभयो।
थापाले भन्नुभयो “नीति बिचार राम्रो भएमात्र बिकास हुन्छ बिकास गोजिबाट गर्नेकुरा होइन तर अहिले बजारमा जे पनि गर्छु भनेर भ्रम छर्दैछ्न सचेत हुनुहोला”।
राष्ट्रिय जनमोर्चाका नेता तथा प्रतिनिधि सभा सदस्यका उमेदवार तिलक जिसीले भन्नुभयो लगातार जिल्लामा जनताको दुखसुखमा साथ दिदै आएको वास्तविक प्युठानको आम जनताको भावना बुझेर काम गर्दै आएको कारण आफुलाई जिताउन सबैमा आग्रह गर्नुभयो।
जनतालाई झुक्याएर चुनावमा मिठाकुरा गरेर पैसा बाडेर जित्ने कोसिस भैरहेको छ त्यो कुरामा प्युठानी जनता सजग हुन आग्रह समेत गर्नुभयो।आफुले जितेमा संसदमा जनताको पक्षमा खबरदारी गर्दै जिल्लाको बिकासमा ध्यानदिने बताउनुभयो।
अखिल छैठौंका केन्द्रिय अध्यक्ष शुवास जिसीले भदौ २३ र २४ गते जेनजि को आन्दोलन भयो त्यसले देशमा उथलपुथल भयो । त्यो अवस्था आउनुमा एमाले, काङ्ग्रेसको गलत आचरणको कारण यो अवस्था आयो।काङ्ग्रेस, एमालेले लामो समय देशको नेतृत्व गरे तर भ्रष्टाचार, कुशासन र भद्रगोल बनाएको कारण देश अत्यन्तै संकटमा रहेको बताउनुभयो।
जिल्लाको समग्र बिकासमा राष्ट्रिय जनमोर्चाको महत्त्वपूर्ण योगदान रहेको स्मरण गराउदै आगामी दिनमा आवस्यकताको आधारमा बिकास निर्माण गर्ने प्रतिबद्धता गर्नुभयो।
भेलामा राष्ट्रिय जनमोर्चा प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपाने, किसान संघका नेता वीर बहादुर जिसी, समानुपातिक उमेदवार बिनोद बिक, , अखिल नेपाल युवक संघका अध्यक्ष कमल पौडेल अगाएतले मन्तव्य राख्नु भएको कार्यक्रमको अध्यक्षता पालिका अध्यक्ष टीका बहादुर जिसीले र संचालन नेता सिताराम पोख्रेलले गर्नुभएको थियोे ।
झिमरुक गाउँपालिकाका सबै वडाबाट प्रतिनिधिमुलक अगुवा कार्यकर्ताहरुको सक्रिय सहभागिता रहेकोथियोे पालिका पार्टी अध्यक्ष टिका बहादुर जिसीको संयोजकत्वमा २५१ सदस्य चुनाब प्रचारप्रसार समिति गाठन गरेको छ।












