मङ्लबार, माघ २१, २०८२

प्युठानको समग्र बिकासको लागि तिलक जिसी उपयुक्त छ्न : मोहन बिक्रम सिंह

प्युठान राष्ट्रिय जनमोर्चा गौमुखी गाउपालिका स्तरीय कार्यकर्ता भेला ठुलाबेसीमा मंगलवार सप्पन्न भएको छ।
नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहन बिक्रम सिंहले प्युठानक्क समग्र बिकासको लागि तिलक जिसी उपयुक्त पात्र भएको बताउनुभयो भएको छ।

उहाँले जिल्लाको अवस्था राम्र,बुझेको जिल्लामै स्थायी बसोबास भएको कारण राष्ट्रिय जनमोर्चाका उमेदवार तिलक जिसीलाई जिताउन आवश्यक रहेको बताउनु भएको छ।

महामन्त्री सिंहले प्रशिक्षणत्मक मन्तव्य दिदै अमेरिकी साम्राज्यवादको प्रत्यक्ष हस्तक्षेपका कारण देश अप्ठ्यारोमा परेको बताउनु भएको हो। सिंहले भन्नुभयो “अमेरिकाको नीति चीनलाई घेर्ने उदेश्य रहेको छ। ती दुइ देशको लडाइँमा नेपाल अछुतो रहन सक्तैन नेपाल भुमि प्रयोग नगरिकन अर्को बाटो छैन” त्यसैले नेपाल युद्ध मैदान गराउने रणनीति अनुसार काम भएको आरोप लगाउनुभयो”।

राष्ट्र राष्टियता जोगाउन, समग्र प्युठानको बिकास निर्माणका लागि अनुभवी बिकासप्रेमी नेता तिलक जिसीलाई जिताउन सबै कार्यकर्ता सक्रियताका साथ लाग्न आग्रह गर्नुभएको थियो। उहाँले राष्ट्रिय जनमोर्चाको पक्षमा माहोल बन्दै गएकोले आम जनतालाई गोलबन्द गरेर चुनावको माहोल राष्ट्रिय जनमोर्चाको वरिपरि राख्न आग्रह गर्नुभयो। देशको बैकल्पिक राजनीतिक शक्ति राष्ट्रिय जनमोर्चा मात्र भएकोले गिलासमा मतदान गर्न गराउन कार्यकर्तालाई आग्रह गर्नुभयो।

राष्ट्रिय जनमोर्चाका नेता तथा प्रतिनिधि सभा सदस्यका उमेदवार तिलक जिसीले भन्नुभयो लगातार जिल्लामा जनताको दुखसुखमा साथ दिदै आएको वास्तविक प्युठानको आम जनताको भावना बुझेर काम गर्दै आएको कारण आफुलाई जिताउन सबैमा आग्रह गर्नुभयो।

जनतालाई झुक्याएर चुनावमा मिठाकुरा गरेर पैसा बाडेर जित्ने कोसिस भैरहेको छ त्यो कुरामा प्युठानी जनता सजग हुन आग्रह समेत गर्नुभयो।आफुले जितेमा संसदमा जनताको पक्षमा खबरदारी गर्दै जिल्लाको बिकासमा ध्यानदिने बताउनुभयो।

अखिल छैठौंका केन्द्रिय अध्यक्ष शुवास जिसीले भदौ २३ र २४ गते जेनजि को आन्दोलन भयो त्यसले देशमा उथलपुथल भयो । त्यो अवस्था आउनुमा एमाले, काङ्ग्रेसको गलत आचरणको कारण यो अवस्था आयो।काङ्ग्रेस, एमालेले लामो समय देशको नेतृत्व गरे तर भ्रष्टाचार, कुशासन र भद्रगोल बनाएको कारण देश अत्यन्तै संकटमा रहेको बताउनुभयो।

भेलामा राष्ट्रिय जनमोर्चा प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपानेले गौमुखी हुँदै बाग्लुङको सडक, यहाँको शिक्षा, समग्र बिकासमा देखिएको समस्या र अवस्था, स्थानीय तहमा देखिएको चरम लापरबाही रहेको उल्लेख गर्दै जिल्लाको समग्र बिकासमा राष्ट्रिय जनमोर्चाको महत्त्वपूर्ण योगदान रहेको स्मरण गराउदै आगामी दिनमा आवस्यकताको आधारमा बिकास निर्माण गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal