बुधबार, माघ २२, २०८२

भ्रष्टचारीलाई किनारा लगाउन पनि जनमोर्चाले जित्न आवस्यक : शुरेस थापा

प्युठान राष्ट्रिय जनमोर्चा प्युठान नगरपालिका स्तरीय अगुवा कार्यकर्ता भेला पुन्यखोला प्युठानमा बुधबार सप्पन्न भएको छ।
राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका सल्लाहकार शुरेस थापाले नेपालमा लामो समय सत्ताको वरिपरि घुम्ने भ्रष्टपार्टी र तिनका उमेदवारलाई चुनावबाट किनारा लाउनु पर्ने बताउनुभयो।

उहाँले त्यसको विकल्पमा राष्ट्रिय जनमोर्चाका उमेदवार लाई जिताउन आवस्यक रहेको बताउदै,देश र जिल्लाको समग्र बिकासको लागि राष्ट्रिय जनमोर्चानै उत्तम विकल्प भएको बताउनु भएको छ।

नगरपालिका स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले भन्नुभयो”अमेरिकी साम्राज्यवादको प्रत्यक्ष हस्तक्षेपका कारण देश अप्ठ्यारोमा परेको बताउनु भएको हो। उहाँले लामो समय काङ्ग्रेस,एमाले र तत्कालीन माओवादीले सत्ताको बागडोर समाले तर जनतालाई निरासा मात्र बनाए ।

उनिहरुले चरम प्रकारको बेथिति, कुशासन र आफ्ना आसेपासे पोस्नेकाम गरे”।त्यतिमात्र होइन देशलाई दिनप्रतिदिन संकटको अवस्था निम्त्याउन यी पार्टीहरु जिम्मेवार छ्न। सत्तामा बस्न जस्तो सुकै प्रतिगामी कदम चाल्न पछि नपर्ने पार्टी आज सत्तागुम्दा छट्पटी भएको देख्दा दया लागेर आएको आरोप लगाउनु भयो “।

राष्ट्र राष्टियता जोगाउन, समग्र बिकास निर्माणका लागि अनुभवी बिकासप्रेमी नेता तिलक जिसीलाई जिताउन सबै कार्यकर्ता सक्रियताका साथ लाग्न आग्रह गर्नुभएको थियो।

उहाँले राष्ट्रिय जनमोर्चाको पक्षमा माहोल बन्दै गएकोले आम जनतालाई गोलबन्द गरेर चुनावको माहोल राष्ट्रिय जनमोर्चाको वरिपरि राख्न आग्रह गर्नुभयो। देशको बैकल्पिक राजनीतिक शक्ति राष्ट्रिय जनमोर्चा मात्र भएकोले गिलासमा मतदान गर्न गराउन कार्यकर्तालाई आग्रह गर्नुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal