बुधबार, माघ २२, २०८२

राष्ट्रिय जनमोर्चा प्युठान नगरपालिका कार्यकर्ता भेला सप्पन्न, ७९ सदस्य चुनाव प्रचारप्रसार समिति गठन

प्युठान राष्ट्रिय जनमोर्चा प्युठान नगरपालिका स्तरीय कार्यकर्ता भेला पुन्यखोलामा बुधबार सप्पन्न भएको छ।

नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहन बिक्रम सिंहको विशेष उपस्थितिमा अगुवा कार्यकर्ता भेला गरिएको हो।
महामन्त्री सिंहले प्रशिक्षणत्मक मन्तव्य दिदै अमेरिकी साम्राज्यवादको प्रत्यक्ष हस्तक्षेपका कारण देश अप्ठ्यारोमा परेको बताउनु भएको हो। सिंहले भन्नुभयो “अमेरिकाको नीति चीनलाई घेर्ने उदेश्य रहेको छ। ती दुइ देशको लडाइँमा नेपाल अछुतो रहन सक्तैन नेपाल भुमि प्रयोग नगरिकन अर्को बाटो छैन” त्यसैले नेपाल युद्ध मैदान गराउने रणनीति अनुसार काम भएको आरोप लगाउनुभयो”।

राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका सल्लाहकार शुरेस थापाले काङ्ग्रेसका उमेदवार अमेरिकाको बारबारा फाउन्डेसनका केन्द्रिय सदस्य प्युठानबाट उमेदवार हुनु देशकोलागी दुर्भाग्यपूर्ण भएको बताउनुभयो।

उहाँले एमालेका उमेदवार, घन्टिका उमेदवारबाट प्युठान जिल्ला अगाडि बढ्न नसक्ने दाबी गर्दै चाहेर वा नचाहेर राष्ट्रिय जनमोर्चाका उमेदवार तिलक जिसीले जित्न आवस्यक रहेको उल्लेख गर्नुभयो।

राष्ट्र राष्टियता जोगाउन, समग्र प्युठानको बिकास निर्माणका लागि अनुभवी बिकासप्रेमी नेता तिलक जिसीलाई जिताउन सबै कार्यकर्ता सक्रियताका साथ लाग्न आग्रह गर्नुभएको थियो। उहाँले राष्ट्रिय जनमोर्चाको पक्षमा माहोल बन्दै गएकोले आम जनतालाई गोलबन्द गरेर चुनावको माहोल राष्ट्रिय जनमोर्चाको वरिपरि राख्न आग्रह गर्नुभयो। देशको बैकल्पिक राजनीतिक शक्ति राष्ट्रिय जनमोर्चा मात्र भएकोले गिलासमा मतदान गर्न गराउन कार्यकर्तालाई आग्रह गर्नुभयो।

अखिल नेपाल महिला संघका केन्द्रिय उपाध्यक्ष पद्मा पन्डितले अवस्था आउनुमा एमाले, काङ्ग्रेसको गलत आचरणको कारण यो अवस्था आयो।काङ्ग्रेस, एमालेले लामो समय देशको नेतृत्व गरे तर भ्रष्टाचार, कुशासन र भद्रगोल बनाएको कारण देश अत्यन्तै संकटमा रहेको बताउनुभयो।उहाँले महिलाहरुका अधिकार सुनिश्चित गर्नकोलागी पनि गिलासमा मतदान गर्न आवस्यक रहेको बताउनुभयो।

नेकपा मसालका जिल्ला प्रवक्ता राम पहाडीले काङ्ग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी जनता चुस्ने जुका भएको भन्दै यी पार्टीहरुलाई चुनावबाट पत्तासाप गर्नुपर्ने बताउनुभयो।

राष्ट्रिय जनमोर्चा समानुपातिक उमेदवार लक्ष्मी परियार, प्रगतिशील पत्रकार संघका केन्द्रिय सदस्य जुमान सिंह केसी, अखिल छैठौंका जिल्ला सदस्य माया घर्ती लगाएतको आतिथ्यता रहेको थियोे ।

कार्यक्रमको अध्यक्षता नगरपालिका पार्टी अध्यक्ष धुर्व थापा र संचालन लाल बहादुर रावतले गर्नुभएको थियोे ।
प्युठान नगरपालिकाका सबै वडाबाट प्रतिनिधिमुलक अगुवा कार्यकर्ताहरुको सक्रिय सहभागिता रहेकोथियोे पालिका पार्टी अध्यक्ष धुर्व थापाको संयोजकत्वमा उनासी सदस्य चुनाब प्रचारप्रसार समिति गाठन गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal