शनिबार, जेष्ठ ३०, २०८३

गौमुखीमा निशुल्क बिसेसज्ञ स्वास्थ्य शिविर सप्पन्न

प्युठान गौमुखी गाउँपालिकाको आयोजनामा एक दिने निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर पुजा स्वास्थ्य चौकीमा सम्पन्न भएको छ।
जेष्ठ नागरिक, मानसिक समस्या तथा अन्य समस्या भएका नागरिकहरुको लागि विशेषज्ञ सेवा सहितको निशुल्क शिविर संचालन भएको हो।

गौमुखी गाउँपालिकाको आर्थिक वर्ष ०८२/० ८३ को वार्षिक कार्यक्रम अन्तर्गत शिविर संचालन गरिएको गाउँपालिका उपाध्यक्ष महाबिर राना मगरले बताउनुभयो।
उहाँले गौमुखी गाउँपालिका दुर्गम रहेको र स्वास्थ्य उपचार सेवामा पहुँच पुग्न नसक्दा उपचारबाट बन्चित हुनु परेको अवस्थालाई मध्यनजर गर्दै बिगतवर्ष देखि शिविर संचालन गर्दै आएको बताउनुभयो।

शुक्रबार सम्पन्न भएको शिविरबाट २ सय ७७ जनाले सेवा लिएको स्वास्थ्य शाखा संयोजक हरि प्रसाद जैसेले बताउनुभयो।
उहाँले जेष्ठ नागरिक र मानसिक रुपमा बिरामी भएका ब्यक्तिहरुलाई फोकस गरि सेवा प्रदान गरिएको बताउनुभयो।
शिविरमा चेकजाँच, भिडियो एक्सरे, ल्याब, परामर्श र आवस्यक पर्ने औसधि वितरण गरिएको बताउनुभयो।

एकदिने शिविरमा गौमुखी गाउँपालिकाको आयोजना स्वास्थ्य कार्यालय प्युठानको समन्वय, रूपन्देही ग्यास्ट्रो क्लिनिक देवदहको प्राविधिक सहयोगमा गरिएको हो।

निशुल्क शिविरमा मेडिकल कलेजका प्रोफेसर डाक्टर नारायण प्रसाद बेलबासे,रेडियोलोजिस्ट डाक्टर मिलन थापा, मनोरोग विशेषज्ञ डाक्टर आभास योगी, डाक्टर भावना पोखरेल तथा अन्य स्वास्थ्यकर्मीहरुको सकृय सहभागितामा सप्पन्न भएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?