
प्युठान । राष्ट्रिय जनमाेर्चा स्वर्गद्वारी नगरपालिका स्तरीय कार्यकर्ता भेला भिङ्रीमा शनिबार सप्पन्न भएको छ।
नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहन बिक्रम सिंहको विशेष उपस्थितिमा अगुवा कार्यकर्ता भेला गरिएको हो।
महामन्त्री सिंहले प्रशिक्षणत्मक मन्तव्य दिदै अमेरिकी साम्राज्यवादको प्रत्यक्ष हस्तक्षेपका कारण देश अप्ठ्यारोमा परेको बताउनु भएको हो। सिंहले भन्नुभयो “अमेरिकाको नीति चीनलाई घेर्ने उदेश्य रहेको छ। ती दुइ देशको लडाइँमा नेपाल अछुतो रहन सक्तैन नेपाल भुमि प्रयोग नगरिकन अर्को बाटो छैन” त्यसैले नेपाल युद्ध मैदान गराउने रणनीति अनुसार काम भएको आरोप लगाउनुभयो”।
राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका सल्लाहकार शुरेस थापाले एमालेका उमेदवार, घन्टिका उमेदवारबाट प्युठान जिल्ला अगाडि बढ्न नसक्ने दाबी गर्दै चाहेर वा नचाहेर राष्ट्रिय जनमोर्चाका उमेदवार तिलक जिसीले जित्न आवस्यक रहेको उल्लेख गर्नुभयो।
राष्ट्र राष्टियता जोगाउन, समग्र प्युठानको बिकास निर्माणका लागि अनुभवी बिकासप्रेमी नेता तिलक जिसीलाई जिताउन सबै कार्यकर्ता सक्रियताका साथ लाग्न आग्रह गर्नुभएको थियो।
उहाँले राष्ट्रिय जनमोर्चाको पक्षमा माहोल बन्दै गएकोले आम जनतालाई गोलबन्द गरेर चुनावको माहोल राष्ट्रिय जनमोर्चाको वरिपरि राख्न आग्रह गर्नुभयो। देशको बैकल्पिक राजनीतिक शक्ति राष्ट्रिय जनमोर्चा मात्र भएकोले गिलासमा मतदान गर्न गराउन कार्यकर्तालाई आग्रह गर्नुभयो।
राष्ट्रिय जनमोर्चाका नेता तथा प्रतिनिधि सभा सदस्यका उमेदवार तिलक जिसीले भन्नुभयो लगातार जिल्लामा जनताको दुखसुखमा साथ दिदै आएको वास्तविक प्युठानको आम जनताको भावना बुझेर काम गर्दै आएको कारण आफुलाई जिताउन सबैमा आग्रह गर्नुभयो।
जनतालाई झुक्याएर चुनावमा मिठाकुरा गरेर पैसा बाडेर जित्ने कोसिस भैरहेको छ त्यो कुरामा प्युठानी जनता सजग हुन आग्रह समेत गर्नुभयो।आफुले जितेमा संसदमा जनताको पक्षमा खबरदारी गर्दै जिल्लाको बिकासमा ध्यानदिने बताउनुभयो।
राष्ट्रिय जनमोर्चाका नेता बासु पोख्रेल, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष ईमान सिंह खड्का, पार्टीका जिल्ला सल्लाहकार मिनराज राना, समानुपातिक उमेदवार लक्ष्मी पन्थी,अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष कमल पौडेल, प्रगतिशील पत्रकार संघका केन्द्रिय सदस्य जुमान सिंह केसी लगाएतको आतिथ्यता रहेको थियोे ।
गङाराम बिसीको स्वागत मन्तव्य संगै अगाडी बढेको कार्यक्रमको अध्यक्षता पार्टीका नगरसमितिका अध्यक्ष गिर बहादुर गुरुङ र संचालन राजमोका नगर सचीव दोण रावलले गर्नुभएको थियोे ।
स्वर्णद्वारी नगरसमितिका सबै वडाबाट प्रतिनिधिमुलक अगुवा कार्यकर्ताहरुको सक्रिय सहभागिता रहेको थियोे। नगरपार्टीका अध्यक्ष गिर बहादुर गुरुङको संयोजकत्वमा १ सय ७९ सदस्य चुनाब प्रचारप्रसार समिति गाठन गरेको छ।











