प्युठान प्युठान नगरपालिका वार्ड नं २ क्वाडी निवासी समीक्षा बस्नेत आचार्यले आफ्नो जन्मदिनको अवसरमा अपाङ्गता भएका व्यक्तिहरुलाई ह्विलचेियर वितरण गर्नुभएको छ। समीक्षा बस्नेतले समाजमा केही नयाँ, सकारात्मक कार्य गर्ने सोचका साथ सहयोग गरेको बताउनुभयो।
बस्नेतका श्रीमान मेडिकेयर सर्जिकल संचालक समेत रहेका किशोर आचार्यले काठमाडौँमा सर्जिकल सम्बन्धि व्यवसाय गर्दै आउनुभएको छ। उहाँले आफ्नो धर्मपत्नीको जन्मदिनलाई फरक तरिकाले मनाउने सोच अनुसार सामग्री सहयोग गरिएको बताउनुभयो।
उहाँले आफ्नो श्रीमतीको जन्मदिनको अवसरमा अशक्त अपाङ्गता भएका ब्यक्तिलाई सामग्रीको अभावले भित्रबाट बाहिर आउन नसकेको अवस्थामा केहि सहजता आउने र उनिहरु खुसी भएर बाच्ने अवस्थाको सृजना होस भन्ने सोचका साथ साहायक सामग्री सहयोग गरिएको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो।

लयन्स क्लब अफ प्युठानका लायन्स लिडर अर्जुन कुमार कक्षपतिले लायन्स क्लबले सामाजिक कार्यको लागि स्थापित भएको र विभिन्न निकायसंग समन्वय गरी समाजमा अप्ठ्यारोमा परेका बर्ग र समुदायमा सहयोग गर्दै आएको बताउनुभएको छ। उहाँले नागरिक समाजको समाजप्रती दायित्व हुने भएकोले सबै हातेमालो गर्न आवस्यक रहेको बताउनुभयो।
राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानका पूर्व अध्यक्ष तथा अपाङ्गता अधिकारकर्मी जुमान सिंह केसीले अपाङ्गता भएका व्यक्तिको बिबिध क्षेत्रमा संस्थाले कार्य गर्दै आइरहेको भन्दै, अपाङ्गता भएका ब्यक्तिहरु सहायक सामग्रीको अभावले गर्दा भित्रबाट बाहिर आउन नसकिरहेको अवस्थामा सामग्रीको उपलब्धताले सहजता आउने बताउनुभयो।
उहाले घरपरिवार तथा राज्यले आवश्यकता अनुसार सामग्री प्रदान गर्न नसकिरहेको अवस्थामा जन्मदिनको अवसरमा पोखरेल परिवारले गरेको सहयोग प्रसंशा गर्नलाएक भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो सहायक सामग्री नहुँदा भित्रबाट बाहिर र बाहिरबाट भित्र जान सक्ने अवस्था नरहेको उल्लेख गर्दै साहायक सामग्रीले दैनिक जिवनमा सहजता आउने बिश्वास व्यक्त गर्नुभएको थियो।
लायन्स क्लब प्युठानका लिडर झबिन्द्र शर्मा, खिम प्रसाद पार्धे, नवीनकुमार श्रेष्ठ , प्युठान अस्पताल बिकास समितिका पुर्व अध्यक्ष बिजयबिराज बिष्ट, डा. सुवास जिसी लगएतको उपस्थिति रहेको थियो।
शनिबार एक कार्यक्रमको आयोजना गरि गौमुखी गाउँपालिका, मल्लरानी गाउँपालिका र प्युठान नगरपालिकाका गरि ८ जनाले सामाग्री प्राप्त गरेका हुन। सामाग्री प्राप्तगर्नेहरुमा राम चन्द्र पुन,बोम बहादुर पुन,रिखा के सी, कमला श्रेष्ठ,दुर्गा सुवेदी,अजय सुनार, अभिषेक बिक र टीका बहादुर खत्री रहेका छ्न। सामग्री पाए पश्यात सहभागी अपाङ्गता भएका ब्यक्ति खुसी भएका थिए ।
लायन्स क्लब अफ प्युठानको आयोजना तथा राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानको समन्वयमा सत्य साही सेवा केन्द्रको कार्यालय जुम्रीमा सामग्री वितरण गरेको हो।











