सोमवार, मंसिर १६, २०८२

अन्तरजातीय प्रेमका कारण सिमा कार्कीमाथि अमानवीय व्यवहार, न्यायको माग

 

काठमाडौं, भदौ २३ ।
काठमाडौंकी २९ वर्षीया सिमा कार्की अन्तरजातीय प्रेम सम्बन्धका कारण गम्भीर सामाजिक अपमान र अमानवीय व्यवहारको शिकार बनेकी छन्।

स्थानीय युवक नवीन मगरसँगको प्रेम सम्बन्धलाई लिएर उनलाई निरन्तर दबाब, गालीगलौज र अपमानजनक व्यवहार गरिएको पीडित पक्षले जनाएको छ। सार्वजनिक स्थलदेखि पारिवारिक परिवेशसम्म निरन्तर अपमान सहनुपरेको कार्कीले बताउँदै भनिन्, “अन्तरजातीय सम्बन्धलाई अपराधजस्तै व्यवहार गरियो। म समाजमा सम्मानका साथ बाँच्न चाहन्थेँ, तर निरन्तर अपमानका कारण नेपालमै बस्न नसक्ने अवस्थासम्म पुगेकी छु।”

यस घटनाले नेपाली समाजमा अझै पनि जातीय विभेद र असहिष्णुताको गहिरो समस्या विद्यमान रहेको स्पष्ट पारेको छ। पीडित पक्षले दोषीहरूमाथि तत्काल कारबाही गरी आफूलाई न्याय दिलाउन माग गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?