सोमवार, जेष्ठ ११, २०८३

राजनीतिक परिवर्तनमा माओवादी आन्दोलनको भुमिका अतुलनीय:बस्नेत

प्रेम बहादुर  विस्वकर्मा  प्युठान ,
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य एंव ऐरावती गाउँपालिका संगठन कमिटीका इन्चार्ज बुद्ध बहादुर बस्नेतले ऐरावती गाउँपालिकामा माओवादी केन्द्र पहिलो पार्टी रहेको बताउनु भएको छ।
२७ औं जनयुद्ध दिवसको अवसरमा गाउँपालिका संगठन कमिटिको आयोजनामा भएको शुभकामना आदानप्रदान,बैठक तथा प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो भन्नू भएको हो।
माओवादी केन्द्र बिचारमा त सबभन्दा ठूलो पार्टी थियो नै तर गाउँपालिकामा संख्यात्मक रुपमा पनि सबैभन्दा ठूलो पार्टी रहेको उहाँले बताउनु भयो।
माओवादी आन्दोलनको भुमिका अतुलनीय रहेको उहाँले बताउनु भयो, हाम्रो देश नेपाललाई एकात्मक राज्य बाट संघीय लोकतान्त्रिक र गणतान्त्रमक राज्यमा परिणत गर्नका लागी जनयुद्धको प्रमुख भुमिका रहेको उहाँले बताउनु भयो।
धार्मिक भेदभावलाई अन्त्य गरि धर्म निरपेक्ष राष्ट्र निर्माण गर्नुको साथै महिला,दलित,अल्पसंख्यक,मधेसीहरुलाई अधिकार सम्पन्न समेत जनयुद्धले गराएको उहाँले बताउनु भयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal