मङ्लबार, बैशाख ११, २०८१

रोचक खेलमा नेपाल पेनाल्टीसुट वाउटमा चुक्दा उपाधी जोर्डनलाई

काठमाडौं ,, वेस्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपको उपाधि जोर्डनले जितेकाे छ । बिहीबार राति भएको खेलमा नेपाललाई पेनाल्टी सुटआउटमा ५–३ ले हराउँदै जोर्डनले छटाैं पटक उपाधि जितेको हो ।

निर्धारित समयमा २- २ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

आमन्त्रित टोलीको रुपमा रहेको नेपाल पहिलो सहभागितामै उपविजेता बन्याे। खेलमा सुरुवाती अग्रता बनाएपनि त्यसलाई जोगाउन नसक्दा नेपाल उपविजेतामा सिमित रह्यो । खेलको २९ औं मिनेटमा सविता राना मगरले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।

पहिलो हाफमा १–० ले पछि परेको जोर्डनले दुवै गोल दोस्रो हाफमा गरेको हो । ७४औं मिनेटमा जोर्डनकी लाना फेरासले गोल गर्दै खेललाई बराबरीमा पुर्याएकी थिइन् । त्यस्तै साराह अबु साबाहले खेलको ८९ औं मिनेटमा जोर्डनका लागि दोस्रो गोल गरेकी थिइन् ।

 

त्यसपछि इन्ज्युरी समयको दोस्रो मिनेटमा नेपालले पेनाल्टी पायो । गिता रानाले पेनाल्टीमा गोल गर्दै नेपाललाई बराबरी पुर्याइन् ।

पेनाल्टी सुटआउटमा नेपालका गीता राना, दिपा शाही, र हिरा भुजेलले गोल गरे । भने अमृता जैशीको पेनाल्टी प्रहार जोर्डनकी गोल रक्षकले बचाउँदा नेपाल पराजित हुन पुग्यो ।

यसअघि नेपालले सेमिफाइनलमा लेवनानलाई २–१ गालले हराउँदै जोर्डनसँगको फाइनल भेट पक्का गरेको हो । जोर्डन प्यालेस्टाइनलाई ५–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो । फिफा बरियतामा नेपाल एक सय पाँचौँ स्थानमा छ भने जोर्डन ७४औँ स्थानमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?