बुधबार, फाल्गुन ६, २०८२

बडिगाड गाँउपालिकामा अखिल (छैठौं) भेला सम्पन्न

जेठ-१७ वडीगाड, बाग्लुङ
अखिल (छैठौं) बडिगाड गाउँपालिकाकाे भेला सम्पन्न भएको छ। छैठौंका केन्द्रीय अध्यक्ष देवेन्द्र कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव तथा पुर्व केन्द्रीय महासचिव भिमलाल पाेख्रेल, नेकपा (मसाल)का जिल्ला प्रवक्ता मेकबहादुर पाईजा, अखिल नेपाल युवक संघ केन्द्रीय महासचिव तथा वडिगाड गाँउपालिकाका उपाध्यक्ष भिमसेन वन, राष्ट्रिय जनमाेर्चाका पालिका अध्यक्ष तथा वार्ड नं. १ का अध्यक्ष बाेमबहादुर थापा लगायतले शुभकामना  मन्तव्य राख्नुभएको थियाे । राष्ट्रिय जनमाेर्चा पालिका सचिव विमल श्रीस, अखिल नेपाल युवक संघका जिल्ला सचिव अनिल गिरी, राष्ट्रिय जनमाेर्चा सदस्य मेहरसींह छन्त्याल लगायतकाे आतिथ्यता रहेकाे थियाे ।
भेलामा स्वागत अभिषेक पाईजा, सञ्चालन कर्ण नेपाली अध्यक्षता भावना दर्लामीले गर्नुभएको थियाे ।
भेलाले भावना दर्लको अध्यक्षतामा १५ सदस्यीय पालिका स्तरीय समिति गठन गरेको छ । समितिका उपाध्यक्षमा प्रमिला विक, सचिव राेदन पाईजा, सहसचिव अभिषेक पाईजा, काेषाध्यक्ष ममता सलामी सदस्यहरू आकाश थापा, सन्देश थापा, प्रेम विक, निमबहादुर विक, आयुश वन, कृष्ण वन, वेलप्रसाद विक, मुना भुजेल र भाविना काउचा रहनुभएकाे छ । भने १ स्थान रिक्त राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal