शनिबार, पुस ५, २०८२

राष्ट्रिय जनमोर्चा प्युठानको सचिवालय बैठक खलंगामा सम्पन्न

प्युठान राष्ट्रिय जनमोर्चा जिल्ला समिति प्युठानको सचिवालय बैठक पार्टी कार्यालय खलंगामा आज सम्पन्न भएको छ।

सचिवालय बैठकले यही भदौ १८ गते जिल्लाका महत्त्वपूर्ण समस्या तथा राष्ट्रिय रुपमा देखिएका समस्याको सवालमा जिल्ला प्रशासन कार्यालय प्युठान मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र पेश गर्ने निर्णय गरेको छ।

पार्टीका जिल्ला अध्यक्ष ज्ञामुराम न्यौपानेले बैठक पछको निर्णय एक प्रेस वक्तव्य मार्फत सर्बजनिक गर्दै जिल्लामा पार्टीको गतिविधिलाई प्रभावकारी रुपमा अगाडी लैजाने, यही भदौ २७ गते जिल्लाका सबै स्थानीय तहमा स्थानीय रुपमा देखापरेका समस्याहरुलाई लियर नगर तथा गाउँपालिकामा ज्ञापनपत्र पेश गर्ने, आगामी असोज महिना सम्म जिल्लाका सबै वडातह सम्म सैद्धान्तिक प्रशिक्षण आयोजना गरि सम्पन्न गर्ने निर्णय भएको अध्यक्ष न्यौपानेले बताउनुभयो।

बैठकमा राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज कृष्ण खड्का, लुम्बिनी प्रदेश अध्यक्ष बोम बहादुर खत्री र प्रदेशका सल्लाहकार सुरेस थापाको विशेष उपस्तिथित रहेको राष्ट्रिय जनमोर्चा प्युठानले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal