बिहिबार, कार्तिक २९, २०८१

रवि लामिछानेलाई अदालत उपस्थित गराइँदै,सुरक्षा व्यवस्थामा कडाई

पोखरा । सूर्यदर्शन सहकारी पोखरामा ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।
अदालत उपस्थित गराउँन पूर्व पोखरामा सुरक्षा व्यवस्थालाई कडाई गरिएको छ ।

सहकारी पीडित र रास्वपा कार्यकर्ता बिच हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै सुरक्षाा चुनाैतीलाइ ध्यान दिदै प्रहरी परिचालनलाई जोड दिइएको हो ।

राजनैतिक प्रतिशोध साँधेर प्रक्राउ गरिएको भन्दै रास्वपाले आफ्ना नेता कार्यकर्तालई विरोध प्रदर्शनमा उपस्थित हुन भनेको छ । उता सहकारी पीडितले निश्पक्ष छानबिनका लागि दबाब दिन सहकारी पीडितहरुलाई दबाबका लागि पोखरा स्थित राष्ट्रबैंक चोकमा उपस्थितका लागि आह्वान गरेका छन् ।

सुरक्षा अवस्थालाई कडाइ गर्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाईएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउँनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?