बुधबार, जेष्ठ २०, २०८३

गौमुखीका विभिन्न बिद्यालयमा अपाङ्गताका सवालमा अभिमुखिकरण

प्युठान गौमुखी अपाङ्ग सेवा सङ्घ ठुलाबेसीको आयोजना तथा गौमुखी गाउँपालिकाको सहयोगमा सिविआर कार्यक्रम अन्तर्गत अपाङ्गता सम्बन्धी विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम गौमुखी गाउँपालिकाको वडा नम्बर ५ जनसहयोगी मावि,गौमुखी ७ अमृत जीवन मावि र वडा न. ४ पूजाको महेन्द्र माध्यामिक बिद्यालयमा सम्पन्न भएको छ।

अपाङ्गता भएका व्यक्तिप्रति समाजको नकारात्मक धारणा रहेको अवस्थामा विद्यार्थी मार्फत समाजमा सकारात्मक सोच पुर्याउने उद्देश्य सहित कार्यक्रम गरिएको हो।

विद्यालयमा अपाङ्गता भएका बालबालिकाहरूको पहुँच वृद्धि, निशुल्क शिक्षा छात्रवृत्ति को सुविधा विषयमा समेत जानकारी गराइएको थियो। विद्यालयमा अपाङ्गता भएका बालबालिका मैत्री शिक्षा, वातावरण र सबैको साथ सहयोग आवश्यक रहेको बारेमा छलफल गरिएको हो।

अपाङ्गता केहो? यसको प्रकार र अपांगता सम्बन्धी नीतिनियम,
अपाङ्गता भएका व्यक्तिलाई अपमानानक जन्य शब्दको सट्टा सभ्य र मर्यादित शब्दको प्रयोगगर्ने सम्बन्धी छलफल गरिएको थियो।
अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासङ्घ लुम्बिनी प्रदेशका सचिवालय सदस्य जुमान सिंह केसी, गौमुखी अपाङ्ग सेवा सङ्घका उपाध्यक्ष निरज हमाल, सचिव प्रकाशपुरीले सहजीकरण गर्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal