मङ्लबार, जेष्ठ १९, २०८३

युवामैत्री कार्यक्रमका लागि मल्लरानी गाउँपालिकामा बास नेपालले बुझायो सुझाव पत्र

प्यूठान  बागेश्वरी असल शासन क्लब (बास) नेपाल प्यूठानले अन्तरास्ट्रिय युवा दिवसको अवसरमा मल्लरानी गाउँपालिकालाई युवामैत्री कार्यक्रम बनाउनको लागि सुझाव पत्र बुझाएको छ। मंगलबार गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्कालाई हस्तान्तरण गरेको हो ।

बेरोजगार युवालाई रोजगारको अवसर, शैक्षिक योग्यताको आधारमा ऋण सुविधा, र युवा लक्षित कार्यक्रम निर्माणका अन्तर्राष्ट्रिय युवा दिवस-२०२५ को अवसरमा सुझाबपत्र बुझाइएको बास नेपाल अन्तरास्ट्रिय प्यूठान शाखाका अध्यक्ष सुजल श्रेष्ठले जानकारी दिनुभयो ।

पालिकाले बनाउने नीति, नियम र कार्यविधिमा युवाको अर्थपूर्ण संलग्नता र साझेदारी सुनिश्चित गर्नुपर्ने, साथै जनसांख्यिक, धर्म, वर्ग, लिङ्ग, जातजाति र समुदायको आधारमा प्रतिनिधित्व र समावेशीकरणमा जोड दिनुपर्ने माग गरिएको छ ।

अध्यक्ष खड्काले सुझाव पत्र ग्रहण गर्दै युवाको मागलाई प्राथमिकतामा राखेर आगामी कार्यक्रम र नीतिमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पालिकाले छुटेका नीति नियम, कार्यक्रम बनाउन यस सुझाव पत्रको आधारमा तय गरिने बताउनुभयो ।

सुझाव पत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी, खेलकुदलगायत क्षेत्रहरूमा युवाको सहभागिता प्रवर्द्धन गर्न सक्ने नीतिहरू तर्जुमा र कार्यान्वयन गर्नुपर्ने, साथै ती क्षेत्रको अनुगमन र मूल्याङ्कनमा पनि युवाको सक्रिय भूमिका सुनिश्चित गर्नुपर्ने २३ बुदे सुझाब उल्लेख छ ।

नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४, राष्ट्रिय युवा नीति २०७२, यूथ भिजन २०२५ लगायतका कानुन, नीति र रणनीतिहरूलाई प्रभावकारी कार्यान्वयन गर्दै युवालाई शासकीय प्रक्रियामा जोड्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
सुझावपत्र बुझाउन बास नेपालका केन्द्रिय सदस्य जुमान सिंह केसी र प्युठान शाखाका पदाधिकारीहरुको सहभागीता रहेको बास प्युठानले जनाएको छ।

यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवस २०२५ “दिगो विकास र सुनौलो भविष्यको सार: स्थानीय युवाको सहभागिता, समृद्धिको आधार” भन्ने नारासहित साउन २७ गते मनाइने गरिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal