मङ्लबार, जेष्ठ १९, २०८३

प्यूठानमा अनधिकृत कारोबार गर्ने व्यावसायिलाई रोक

खलंगा प्यूठान उधोग बाणिज्य संघले दर्ता नगरी अनधिकृत रुपमा कारोबार गर्दै आएका व्यावसायि हरुलाई निशेधित गरेको छ।

जिल्ला बाहिर बाट आएका व्यावसायिलाई मंगलबार बाग्दुला बजारमा सुरक्षा निकाकायको सहयोगमा प्युठान उधोग बाणिज्य संघको सक्रियतामा उनीहरूलाई आवस्यक परामर्श गरि फिर्ता गरिएको प्युठान उधोग बाणिज्य संघका कार्यकारी निर्देशक प्रकाश खनालले जानकारी दिनुभयो।

उनिहरुले विभिन्न किसिमका किचनका सामग्रीहरु बजार तथा गाउँमा बेच्दै हिन्ने क्रममा बग्दुलामा नियन्त्रणमा लिएको हो।
नेपाल सरकारले तय गरेको राजस्व छली गरि गैरकानुनी रुपमा व्यावसायि गर्ने व्यावसायिहरुलाई निरुत्साहित गर्ने जरुरी रहेको प्यूठान उधोग बाणिज्य संघका अध्यक्ष सन्देश आचार्यले बताउनभयो।

प्युठान उधोग बाणिज्य संघले बिगत देखि अनधिकृत रुपमा कारोबार गर्दै आएका उधोगी व्यावसायिलाई निरुत्साहित गर्दै आएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal