बिहिबार, जेष्ठ ७, २०८३

नागरीक स्वतन्त्र मञ्च रास्वपामा समाहित

प्यूठान । विभिन्न व्यक्तिहरुको सहभागीतामा पछिल्लो पटक गठीत नागरीक स्वतन्त्र मञ्च प्यूठान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा समाहित भएको छ ।

आईतवार मञ्चको नेतृत्व गरेका व्यक्तिहरु रास्वपा प्रवेश गरेका हुन । मञ्चको नेतृत्व गरेका पूर्व जिविस सभापति समेत रहेका कर्णध्वज के.सी., नेकपा एमाले तथा एमाले विभाजन पछि गठित एकिकृत समाजवादी पार्टीमा सक्रिय दल बहादुर के.सी., नागरिक स्वतन्त्र मञ्चका पुष्कर आचार्य लगाएतका नेताहरु रास्वपा प्रवेश गरेका हुन ।

नागरीक स्वतन्त्र मञ्च संगै नेपाली काग्रेसका क्षेत्रीय सभापति रेशम बहादुर ठेडी लगाएत झण्डै २ सय ५० जना भन्दा बढी व्यक्तिहरु रास्वपा प्रवेश गरेको पार्टीले जनाएको छ ।

नागरीक स्वतन्त्र मञ्च तथा अन्य व्यक्तिहरु पार्टीमा प्रवेश गर्ने भएपछि रास्वपाले आईतवार पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको थियो । पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले सदस्यता प्रदान गर्दै पार्टी प्रवेश गराउनु भएको हो ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै महामन्त्री बुर्लाकोटीले रास्वपावाट मात्रै जनताको समस्या सम्वोधन हुने बताउँनुभयो । जनताका समस्या सम्वोधनमा पार्टी गम्भीर हुने उहाँको भनाई थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal